नेभिगेशन
समाज

नेपाल लाइफ इन्स्योरेन्स ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर २०२५’ अवार्डबाट सम्मानित 

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौंै कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर २०२५’ अवार्ड बाट सम्मान गरिएको छ । यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौंमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका छन् ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन दावी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरु, अटोमेसन र डिजिटल ट्रान्सफरमेसनको क्षेत्रमा गरिएका  कार्यहरु, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरु जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।

Ncell
Extreme Energy

कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले  कम्पनीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द एयर २०२५’ बाट सम्मानित गरिएको हो ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु,सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनी महानुभावहरु तथा नेपाल लाइफसँग आवद्ध समस्त मूल्यवान ग्राहकमहानुभावहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरेका छन् ।

यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...