नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्री ओली र मोदीबीच ४५ मिनेट एक्लाएक्लै भेटवार्ता, के भयो कुरा ? 

बैङ्कक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताएका छन् । 

भेटवार्ता कक्षबाट बाहिरिने क्रममा राससका विशेष प्रतिनिधिलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने, “म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।”  थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग करिब ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच पूर्वनिर्धारित तालिकाअनुसार भेटवार्ता भएको हो । यसअघि उनीहहरुबीच संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते भेटवार्ता भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सुरक्षण मुद्रण केन्द्रबाटै ‘लाइसेन्स’ छपाइ सुरु

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले काभ्रेको बनेपास्थित केन्द्रमा रहेको मेसिनबाट छपाइ शुभारम्भ गरे । सञ्चारमन्त्री जगदीश खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर...
भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

भिरालो पाखो सम्याएर म्याग्दीमा खेलमैदान निर्माण

क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिए ।
छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

छैटौं शताव्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनःनिर्माण

पुनःनिर्माण सम्पन्न भएको शुक्रबार ब्रह्मा मन्दिरको काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेका हुन ।मन्दिरको उद्घाटन पछि महानगर प्रमुख बालेन्द्र शाह कार्यक्रमबाट बाहिरिएका थिए...
रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

रास्वपा कार्यबाहक सभापति डिपी अर्यालको राजनीतिक प्रतिवेदन (पूर्ण पाठ)

पार्टीले चुनावी नारा ‘सोचदेखि शासनसम्म’ राख्ने बताएको छ । जनताको मानसिकता, कर्मचारीतन्त्रको कार्यशैली, राजनीतिक नेतृत्वको दृष्टिकोण र समग्र शासन प्रणालीमै व्यापक सुधार चाहेको बताइएको छ । पार्टी रिफर्मको...