नेभिगेशन
समाज

तीनकुने घटनाका दोषीउपर छानबिन गरि कारबाही गर्न राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरु उपर छानविन गरि कानूनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले राजावादीहरुले विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भत्र्सना गर्दै दोषीहरु उपर आवश्यक छानविन गरि कानूनी कारवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

Ncell
Extreme Energy

बैठकले तीनकुने र आसपासको स्थानमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना लगाएतका कुनै कार्यक्रमका लागि अनुमति नदिन समेत सरकारलाई निर्देशन दिएको छ । त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

उनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको लागि व्यवस्थापन गर्न समेत सरकारलाई निर्देशन दिइएको सभापति खतिवडाले उल्लेख गरे । बैठकमा गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते भएको घटनाका दोषीलाई कारवाही हुने स्पष्ट पारे । उनले आगामी दिनमा यस प्रकार गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार गम्भीर रहेको उल्लेख गरे । संविधानलाई हिंसात्मक गतिविधिबाट उल्टाउने नियतका साथ चैत्र १५ गतको घटना भएको भन्दै उनले सवै सचेत हुन जरुरी रहेको उल्लेख गरे । 

उक्त घटनामा प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएको उहाले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले चैत्र १५ गतेको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाका बिषयमा छानविन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

प्रतिनिधि सभामा आज ८ जना मन्त्रीले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।