नेभिगेशन
मुख्य समाचार

अदालतको आदेश आएको एक घण्टा पनि नबित्दै पक्राउ परे रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुढानिलण्ठस्थित निवासबाटै पक्राउ गरिएको हो । अदालतको आदेश आएको एक घण्टा नबित्दै उनलाई पक्राउ गर्न प्रहरीले पुगेको थियो । 

उनलाई आज काठमाडाैँ प्रहरी परिसरकाे हिरासतमा राखिने भएकाे छ । उनलाई भाेलि मात्र भैरहवा लगिने बताइएको छ । 

उच्च अदालत बुटवललेलामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 

यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने लामिछाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । 

सोही पुनरावेदनविरुद्ध अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । 

पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जालमार्फत छोटो सन्देश दिदै आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले बाँकी न्यायलयका ढोकाहरु खुल्लै हुने आशा व्यक्त गरेका छन् । र उनले शनिबारका लागि चितवनमा तय भएको कार्यक्रम नरोक्न पनि भनेका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 

सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैँ आजै अहिले नै  गिरफ्तारी दिदैछु।  साथै  न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि   ठुलो अन्याय भएको छ । 
चितवनको सभा नरोक्नुस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

शुक्रबार क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग.१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला...