नेभिगेशन
मुख्य समाचार

पक्राउअघि रविको भिडियो सन्देशः ‘मलाई हत्या नै गरेछन् भनेपनि नेपाली मतपत्रमा घण्टी चुनावचिन्ह बसेको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवासबाट पक्राउ पर्नुअघि भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले उक्त भिडियो सन्देशमा आफूलाई बिना कुनै पुर्जी प्रहरीले बेडरुममा पुगेर धरपकड गरेको बताएका छन् । उनले उक्त भिडियो सन्देशमा एक थोपा रगत रहुन्जेल न्यायको लडाईँ लडिरहने पनि उल्लेख गरेको छन् ।

 

City Express

यस्तो छ उनले सार्वजनिक गरेको भिडियो सन्देशको पूर्ण अंशः 

सम्पुर्ण आमाबुवा तथा दाजुभाई दिदिबहिनीहरु,
मेरो घरमा प्रहरी आएको छ । मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ । तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिइएको छैन । कागज पनि दिएको छैन । मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ । उताबाट आदेशभन्दा पहिला तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु । कानुनलाई मानेकै छु । म पहिला पनि आफैँ उपस्थित हुन गएको हुँ । अहिले पनि सार्वजनिक गरेकै छु । तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारण भईरहेको छ मैले बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले सामान्य अभ्यासभन्दा पर गएर जवरजस्ती गर्ने कोशिस, बिना कागजपत्र, छ होला, ल्याउनुहुन्छ होला । ल्याउन सकिने पनि थियो । त्यो लिएर आएर लैजानसकिन्थ्यो । भोलि लैजान सकिन्थ्यो । मेरा लागि कुनै प्रक्रिया पुरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ । मैले यसैपनि गिरफुतारी दिन्छु भनेको हो । भनेर बसेकै छु । जे होस्, आम नागरिकले यो सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ । न्यायको लडाईँ म एकथोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरुले साथ दिनुहुन्छ भन्ने विश्वास मैले लिएको छु । मैले कुनै गलती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन । तर संसारकै सबैभन्दा ठूलो अपराधिलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने विश्वास मैले लिएको छु । धेरै केही भन्दिन म, सम्मानित अदालतप्रति अझैपनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउन लागि परिरहेको छु । यो दुनियाँका जतिपनि न्यायलयका ढोकाहरु छन्, ति सबै ढोका ढक्ढक्याउँछु । मलाई थाहा छ, यहाँहरुले सबै कुराको साक्षी बसेर हेरिरहनुभएको छ होला भन्ने विश्वास लिएको छु । यति जानकारी दिन उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु । चितवनमा जतिपनि मेरा आदरणिय मतदाता आमाबुवा, दाजुभाई, दिदिबहिनी हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नुहोला । अन्य साथीहरु आउनुहुन्छ । उहाँहरुले कुराकानी गर्नुहुनेछ । निरन्तर चलिरहनेछ । मलाई यिनीहरुले हत्या नै गरेछन् भनेपनि नेपाली मतपत्रमा घण्टी चुनावचिन्ह बसेको छ । एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ । निरन्तरता प्रदान गर्नुहोला । म कानुनी लडाईँमा छु । नमस्कार ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

सञ्चारमन्त्री खरेलको पहिलो निर्णयः पाँच महिनाभित्र देशका १० शहरका सार्वजनिक स्थानमा  निःशुल्क वाइफाइ

पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।
कृषिमन्त्री परियारले गरे पदभार ग्रहण

कृषिमन्त्री परियारले गरे पदभार ग्रहण

नवनियुक्त कृषि विकास मन्त्री मदन परियारले शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन । त्यस्तै आजभएका चार मन्त्रीमण्डल थप गरिएसंगै प्रधानमन्त्री सहित आठ मन्त्रालय पुगेका छन्...
शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

शिक्षामन्त्री महावीर पुनको पहिलो निर्णयः विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित ४ वटा सल्लाहकार समिति गठन गर्ने

अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।
शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण (तस्बिरहरु)

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक र प्रख्यात वैज्ञमनिक महाबीर पुनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् ।