नेभिगेशन
समाज

पक्राउअघि रविको भिडियो सन्देशः ‘मलाई हत्या नै गरेछन् भनेपनि नेपाली मतपत्रमा घण्टी चुनावचिन्ह बसेको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निवासबाट पक्राउ पर्नुअघि भिडियो सन्देश सार्वजनिक गरेका छन् । उनले उक्त भिडियो सन्देशमा आफूलाई बिना कुनै पुर्जी प्रहरीले बेडरुममा पुगेर धरपकड गरेको बताएका छन् । उनले उक्त भिडियो सन्देशमा एक थोपा रगत रहुन्जेल न्यायको लडाईँ लडिरहने पनि उल्लेख गरेको छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

यस्तो छ उनले सार्वजनिक गरेको भिडियो सन्देशको पूर्ण अंशः 

सम्पुर्ण आमाबुवा तथा दाजुभाई दिदिबहिनीहरु,
मेरो घरमा प्रहरी आएको छ । मैले समाचारबाट उच्च अदालतको आदेशबारे थाहा त पाएँ । तर बिना कुनै कागज अहिले यतिखेरसम्म मलाई केही पुर्जी पनि दिइएको छैन । कागज पनि दिएको छैन । मेरो घरभित्र आएर बेडरुमभित्र आउनुभएको छ । उताबाट आदेशभन्दा पहिला तैनाथ हुने यो सबै चिजले एउटा ठूलो आशंका सिर्जना गरेको छ । मैले सम्मानित अदालतको आदेशलाई सधैँ मानेकै छु । कानुनलाई मानेकै छु । म पहिला पनि आफैँ उपस्थित हुन गएको हुँ । अहिले पनि सार्वजनिक गरेकै छु । तर यो राज्य आतंक, यो धरपकड ममाथि के कारण भईरहेको छ मैले बुझ्न सकेको छैन । भोलिको चितवनको कार्यक्रमलाई निरन्तरता दिनुहोला । मलाई लागेको थियो म केही कुरा भन्छु भनेर तर जुन तरिकाले अहिले सामान्य अभ्यासभन्दा पर गएर जवरजस्ती गर्ने कोशिस, बिना कागजपत्र, छ होला, ल्याउनुहुन्छ होला । ल्याउन सकिने पनि थियो । त्यो लिएर आएर लैजानसकिन्थ्यो । भोलि लैजान सकिन्थ्यो । मेरा लागि कुनै प्रक्रिया पुरा गर्न मानेको छैन । आतंकित बनाएर घरभित्र प्रहरी छिरेको छ । मैले यसैपनि गिरफुतारी दिन्छु भनेको हो । भनेर बसेकै छु । जे होस्, आम नागरिकले यो सब चिज हेरिरहेका छन् भन्ने मलाई विश्वास छ । न्यायको लडाईँ म एकथोपा रगत रहुन्जेल लडिरहन्छु । यहाँहरुले साथ दिनुहुन्छ भन्ने विश्वास मैले लिएको छु । मैले कुनै गलती गरेको पनि छैन, कुनै अपराध गरेको पनि छैन । तर संसारकै सबैभन्दा ठूलो अपराधिलाई जस्तो ममाथि गरिएको यो व्यवहार आम जनताले हेरिरहेका छन् भन्ने विश्वास मैले लिएको छु । धेरै केही भन्दिन म, सम्मानित अदालतप्रति अझैपनि आशा र भरोसा राखेर कानुनी प्रक्रियामा सघाउन लागि परिरहेको छु । यो दुनियाँका जतिपनि न्यायलयका ढोकाहरु छन्, ति सबै ढोका ढक्ढक्याउँछु । मलाई थाहा छ, यहाँहरुले सबै कुराको साक्षी बसेर हेरिरहनुभएको छ होला भन्ने विश्वास लिएको छु । यति जानकारी दिन उपयुक्त ठानेर मैले यो भिडियो रेकर्ड गराएको छु । चितवनमा जतिपनि मेरा आदरणिय मतदाता आमाबुवा, दाजुभाई, दिदिबहिनी हुनुहुन्छ, भोलिको कार्यक्रम नरोक्नुहोला । अन्य साथीहरु आउनुहुन्छ । उहाँहरुले कुराकानी गर्नुहुनेछ । निरन्तर चलिरहनेछ । मलाई यिनीहरुले हत्या नै गरेछन् भनेपनि नेपाली मतपत्रमा घण्टी चुनावचिन्ह बसेको छ । एउटा आशा र भरोसाको आवाज हामीले बुलन्द पारिसकेका छौँ । निरन्तरता प्रदान गर्नुहोला । म कानुनी लडाईँमा छु । नमस्कार ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।