नेभिगेशन
समाज

रवि लामिछानेलाई विमानमार्फत भैरहवा लगियो

रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई विमानमार्फत भैरहवा लगिने भएको छ । शुक्रबार राति घरबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भैरहवा लगिने भएको हो । प्रहरीले लामिछानेलाई शनिबार बिहानै विमानस्थल पुर्याइसकेको छ । 
लामिछानेविरुद्ध शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने लामिछाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । 

Ncell
Extreme Energy

सोही पुनरावेदनविरुद्ध अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । आदेश आएको एक घण्टा पनि नबित्दै प्रहरीले उनको बुढानिलण्ठस्थित निवास घेरेर उनलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जालमार्फत छोटो सन्देश दिदै आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले बाँकी न्यायलयका ढोकाहरु खुल्लै हुने आशा व्यक्त गरेका छन् । र उनले शनिबारका लागि चितवनमा तय भएको कार्यक्रम नरोक्न पनि भनेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

सांसदलाई सभापति लामिछानेको निर्देशन : इस्यु उठाउनू, तर आक्रामक नहुनु

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुलाई मर्यादित र संयमित हुन निर्देशन दिएका छन् ।
बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

बालेन र कुमार बेनबारे खुलेरै बोले सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह र प्रधानमन्त्रीका मुख्य सल्लाहकार बारे आफ्ना सांसद र मन्त्रीहरुसँग खुलेर बोलेका छन् ।
विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

विरामी परेका पूर्वाधार मन्त्रीको रास्वपाकै सांसदले आलोचना गरेकामा सभापति लामिछाने असन्तुष्ट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले विरामी भएर हेलिकप्टरबाट उद्धार गरिएका पूर्वाधारमन्त्री सुनिल लम्सालको आफ्नै पार्टीका सांसदले आलोचना गरेकामा असन्तुष्टि जनाएका छन् ।
नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

नौवटा संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्थाले बोलायो अख्तियारका पदाधिकारी

सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दैछ ।