नेभिगेशन
समाज

रवि लामिछानेलाई भैरहवा पुर्याइयो

रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । शनिबार बिहान यति एअरलाइन्सको विमानमार्फत लामिछानेलाई भैरहवा पुर्याइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । 
सो आदेश आएको केही बेरमै पक्राउ परेका लामिछानेलाई थुनामा राख्न भैरहवा पुर्याइएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिने बताइएको छ । 
यसअघि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले सोही प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत गएको थियो भने लामिछाने पनि धरौटी बदरको माग गर्दै उच्च अदालत पुगेका थिए । 
सोही पुनरावेदनविरुद्ध अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो । आदेश आएको एक घण्टा पनि नबित्दै प्रहरीले उनको बुढानिलण्ठस्थित निवास घेरेर उनलाई पक्राउ गरेको थियो । 

Ncell
Extreme Energy

पक्राउ पर्नुअघि उनले सामाजिक सञ्जालमार्फत छोटो सन्देश दिदै आफूमाथि ठूलो अन्याय भएको बताएका छन् । उनले बाँकी न्यायलयका ढोकाहरु खुल्लै हुने आशा व्यक्त गरेका छन् । र उनले शनिबारका लागि चितवनमा तय भएको कार्यक्रम नरोक्न पनि भनेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।