नेभिगेशन
समाज

तीनकुने घटनाबारे प्रधानमन्त्री ओलीः ‘न्यायिक छानबिन नहुन पनि सक्छ, निष्पक्ष छानबिन  हुन्छ’ 

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगाएतसंग महत्वपूर्ण साईडलाइन छलफल भएको उनले जानकारी दिए । भारतीय प्रधानमन्त्रीसंगको भेटमा नेपाल भारत सम्बन्धलाई अझ व्यापक र सुदृढ गर्दै लाने र कुनै समस्या देखिए सम्वादमार्फत समाधान गर्ने समझदारी भएको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम तय भएकाले सगरमाथा संवादमा सहभागी नहुने जानकारी प्राप्त भएको उल्लेख गरे । 

Ncell
Extreme Energy

त्यस्तै सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन हुने स्पष्ट पारे । ओलीले भने,  ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन । त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’

उनले शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको टिप्पणी गगरे । 

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।