नेभिगेशन
मुख्य समाचार

तीनकुने घटनाबारे प्रधानमन्त्री ओलीः ‘न्यायिक छानबिन नहुन पनि सक्छ, निष्पक्ष छानबिन  हुन्छ’ 

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्किएका छन् । स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण सफल भएको बताए । 

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगाएतसंग महत्वपूर्ण साईडलाइन छलफल भएको उनले जानकारी दिए । भारतीय प्रधानमन्त्रीसंगको भेटमा नेपाल भारत सम्बन्धलाई अझ व्यापक र सुदृढ गर्दै लाने र कुनै समस्या देखिए सम्वादमार्फत समाधान गर्ने समझदारी भएको उनले उल्लेख गरे । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम तय भएकाले सगरमाथा संवादमा सहभागी नहुने जानकारी प्राप्त भएको उल्लेख गरे । 

त्यस्तै सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले चैत्र १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन हुने स्पष्ट पारे । ओलीले भने,  ‘न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ । तर, छानबिन निष्पक्ष हुन्छ । सबै कुरामा न्यायिक छानबिन नै हुनुपर्छ भन्ने छैन । त्यो हामी विचार गर्छौं । निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर ।’

उनले शिक्षकहरुको जायज मागलाई सरकारले सम्बोधन गर्ने भन्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको टिप्पणी गगरे । 

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

शुक्रबार क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग.१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला...