नेभिगेशन
समाज

बिरामीलाई प्रयोग गरी एम्बुलेन्सबाट लागू औषध तस्करी

काठमाडौँ । प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध बरामद गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चैत्र २३ गते बिहान १ बजेर ५५ मिनेटको समयमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बिरगंजबाट काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागू औषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Ncell
Extreme Energy

मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौँ आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो । लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको उनले जानकारी गराए । 

पक्राउ पर्नेमा सबै भारतीय नागरिक रहेका छन् । भारतीय एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेका थिए । बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।