नेभिगेशन
मुख्य समाचार

चितवनबाट रास्वपाको  ‘जनयात्रा’ शुभारम्भ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट  ‘जनयात्रा’को शुभारम्भ गरेको छ ।  ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट गरिएको हो । जनयात्रा शुभारम्भ कार्यक्रममा स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, हरि ढकाल, कविन्द्र बुर्लाकोटी लगायत नेताहरु उपस्थित छन् । 

पार्टीले  ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रुपमा सो अभियानलाई अघि सारेको छ । आजको उक्त कार्यक्रमलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएका थियो । लामिछानेले आफू गृहमन्त्री रहेको सरकार ढल्नुको कारणबारे खुलासा गर्ने बताएका थिए ।

तर शुक्रबार उच्च अदालतको आदेशले लामिछानेलाई थुनामा राख्ने आदेश गरेपछि उनी हिजो राति नै पक्राउ परेका छन् । पक्राउ पर्नुपूर्व लामिछानेले कार्यक्रम नरोक्न भन्दै सन्देश छाडेका थिए । 

करिब ६ महिना लामो पार्टी जिम्मेवारीबाट बाहिर रहेका लामिछानेले गत सोमबारदेखि मात्र पुनः सभापतिको जिम्मेवारी फर्किएका थिए। सो जिम्मेवारी सम्हालेलगत्तैको पार्टीको केन्द्रीय समिति बैठकबाट जनयात्रा अभियान घोषणा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।
सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

सरकार गठन र संसद् विघठन दुबै संविधान विपरीत भएको अध्यक्ष ओलीको जिकिर

एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार यहाँ आयोजित विद्वत्वर्गसँगको अन्तरसंवादमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि आवश्यकताको सिद्धान्तका नाममा सरकार गठन हुनु र संसद् विघठन हुन संविधानविपरीत भएको जिकिर...
बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

बोलेरो जिपले ठक्कर दिँदा बालिकाको मृत्यु

शुक्रबार क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट बेँसीसहर आउँदै गरेको ग.१ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा सोही पालिका–१ बागलुङपानीमा कृति तामाङको छोरी दुई वर्षीय नेरिमा तामाङको मृत्यु भएको जिल्ला...