नेभिगेशन
समाज

चितवनबाट रास्वपाको  ‘जनयात्रा’ शुभारम्भ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनबाट  ‘जनयात्रा’को शुभारम्भ गरेको छ ।  ‘जनयात्रा’ को शुभारम्भ चितवनको भरतपुरस्थित गेष्ट हाउस चौरबाट गरिएको हो । जनयात्रा शुभारम्भ कार्यक्रममा स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, हरि ढकाल, कविन्द्र बुर्लाकोटी लगायत नेताहरु उपस्थित छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीले  ‘समाधान र सम्भावनाको सङ्कल्प’ का रुपमा सो अभियानलाई अघि सारेको छ । आजको उक्त कार्यक्रमलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय भएका थियो । लामिछानेले आफू गृहमन्त्री रहेको सरकार ढल्नुको कारणबारे खुलासा गर्ने बताएका थिए ।

Ncell
Extreme Energy

तर शुक्रबार उच्च अदालतको आदेशले लामिछानेलाई थुनामा राख्ने आदेश गरेपछि उनी हिजो राति नै पक्राउ परेका छन् । पक्राउ पर्नुपूर्व लामिछानेले कार्यक्रम नरोक्न भन्दै सन्देश छाडेका थिए । 

करिब ६ महिना लामो पार्टी जिम्मेवारीबाट बाहिर रहेका लामिछानेले गत सोमबारदेखि मात्र पुनः सभापतिको जिम्मेवारी फर्किएका थिए। सो जिम्मेवारी सम्हालेलगत्तैको पार्टीको केन्द्रीय समिति बैठकबाट जनयात्रा अभियान घोषणा भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।