नेभिगेशन
मुख्य समाचार

सभापति रविलाई चितवनामा बोल्न नदिन सारा राज्य लागेको प्रमाणित भयोः स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेमाथि गरिएको व्यवहार निन्दनीय भएको बताएका छन् । उनले लामिछानेलाई दुनियाँकै सबैभन्दा ठूलो अपराधीलाई जस्तो व्यवहार गरिएको बताएका हुन् । ‘७ बजेतिर फैसला आउने, दुनियाँकै ठूलो अपराधीलाई जस्तो गरी, आकाशै खस्ला जस्तो गरेर धरपकड गरियो, त्यो निन्दनीय छ’, वाग्लेले भने । 

चितवनमा ‘जनयात्रा कार्याक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले चितवनमा बोल्छ भनेपछि त्यो रोक्नकै लागि यति गरिएको आरोप लगाए । उनले आज रवि लामिछानेसँग कुरा भएको उल्लेख गर्दै भने, ‘हिजो केके न होला जस्तो भनेर ल्याएका थिए, यहाँ दालभात खुवाएर राखेका छन्, आज पनि बिदा, भोलि पनि बिदा त्यसैले चितवनमा बोल्न नदिन नै सिंगो राज्य लागेको भन्ने प्रमाणित भएको छ ।’

आज रास्वपा सभापति रवि लामिछानेले चितवनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको थियो । आदेश आएको केही घण्टामा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए...
रवि लामिछानेको निवेदनमा बहस सकियो

रवि लामिछानेको निवेदनमा बहस सकियो

उच्च अदालतका न्यायधिशद्धय बाशुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासमा भएको बहसमा रविकोतर्फबाट तीन जना र सरकारी वकिलकोतर्फबाट एक जनाले बहस गरेका थिए ।
पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ...
गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।