नेभिगेशन
मुख्य समाचार

३५ वर्षसम्म देश लुटेका भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्ने इच्छा छः हरि ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा चितवनबाट निर्वाचित सांसद हरि ढकालले रवि लामिछानेको इच्छाबारे बताएका छन् । उनले भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्न मन भएको बताएका छन् । चितवनमा आज शुभारम्भ गरिएको ‘जनयात्रा कार्यक्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

सांसद ढकालले भने, 
जुन शैलीमा प्रहरी परिचालन गरियो, गुनदगर्दी शैली थियो । जुन शैलीसँग अन्तिम इच्चा के छ भनेर सोधियो, म चितवनबाट भन्न चाहन्छु अन्तिम इच्छा के छ । यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । यो देशको युवा पलायन रोकेर रोजगारी सिर्जना गर्ने अन्तिम इच्छा छ । यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरुलाई, भ्रष्ट भनेपछि ठ्याक्नै बुझ्छन् हामीलाई गाली ग¥यो भन्छन्, ति भ्रष्टहरुलाई पाता कसेर जेलमा हालेर जेलैभित्र दश दान र बैतर्नी गर्न मन छ । भ्रष्टहरु आज एउटा व्यक्तिको पछाडी जसरी लागेका छौ नी, त्यो व्यक्तिको मुटुमा रगत होइन तेजाव छ । त्यो तेजावले तिम्लाई जलाउँछ । तिम्लाई गलाउँछ । 

शुक्रबार रवि लामिछानेलाई पक्राउ गर्न मध्यराति बेडरुममा घुसेका प्रहरीले अन्तिम इच्छा सोधेको भन्दै चर्को विरोध भईहरेको छ । सोही सन्दर्भमा सांसद ढकालले यस्तो इच्छा भएको बताएका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णद्वारा पदभार ग्रहण

बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने कार्यालयका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए...
रवि लामिछानेको निवेदनमा बहस सकियो

रवि लामिछानेको निवेदनमा बहस सकियो

उच्च अदालतका न्यायधिशद्धय बाशुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासमा भएको बहसमा रविकोतर्फबाट तीन जना र सरकारी वकिलकोतर्फबाट एक जनाले बहस गरेका थिए ।
पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

पैँतीस उद्योगबाट २३ करोड ८७ लाख बक्यौता विद्युत महसुल असुल

यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका हुन् । यसरी, नेपाल विद्युत् प्राधिकरणले ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ...
गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

गोर्खाज र कर्णालीबीचको प्रि–एनपीएल फ्रेन्डली वार्मअप खेल टाइ

बिहीबार यी दुई टोलीबीच भएको खेल टाइ भएको हो । पहिले ब्यटिंग गरेको काठमाडौँ गोर्खाजले दिएको एक सय ६८ रनको लक्ष्य दिएको थियो ।