नेभिगेशन
समाज

म्यान्मारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

म्यान्मारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न नयाँ आह्वान गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मार्च २८ को भूकम्पले देशभरका भवन र पूर्वाधारहरू ध्वस्त पारेको छ । यसको परिणामस्वरूप तीन हजार तीन सय ५४ जनाको मृत्यु र चार हजार पाँच सय आठ जना घाइते भएको तथा दुई सय २० जना बेपत्ता भएको सरकारी मिडियाले प्रकाशित गरेको नयाँ तथ्याङ्कले जनाएको छ ।

Ncell
Extreme Energy

विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि देशका धेरै मानिस अझै आश्रयविहीन छन्, या त तिनीहरूको घरहरू नष्ट भएका कारण या थप भत्किने डरले बाहिर सुत्न बाध्य छन् ।
संयुक्त राष्ट्रसङ्घको एक अनुमानअनुसार ७.७ म्याग्निच्युडको भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्छ । यसले चार वर्षको गृहयुद्धले निम्त्याएको अघिल्लो चुनौतीहरूलाई थप जटिल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारीले शनिबार मध्य म्यान्माको मण्डाले सहरमा पीडितहरूसँग भेट गरे । मण्डाले भूकम्पको केन्द्र नजिकै अवस्थित छ र अहिले सहरभरि गम्भीर क्षति बेहोरेको छ ।

“विनाश आश्चर्यजनक छ”, टम फ्लेचरले एक्समा एक पोस्टमा लेखेका छन्, “विश्व म्यान्मारका जनताको साथमा उभिनु पर्छ ।”

देशको सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङ शुक्रबार बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा एक दुर्लभ विदेश यात्राबाट फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो । बैंककमा जुन्ता प्रमुखले थाइल्यान्ड र भारतका प्रधानमन्त्रीहरू लगायत नेताहरूसँग भेट गरेका थिए।

जनरलको शिखर सम्मेलनमा उपस्थितिले विवाद निम्त्याएको थियो । स्थलमा प्रदर्शनकारीहरूले उनलाई ‘हत्यारा’ भनेर ब्यानर प्रदर्शन गरेका थिए र जुन्ता विरोधी समूहहरूले उनको सहभागिताको निन्दा गरेका थिए ।

सन् २०२१ को विद्रोहमा आङ सान सुकीको नागरिक सरकारबाट सत्ता खोसेपछि उहाँको सशस्त्र सेनालेम्यान्मारमा शासन गरेको छ । उक्त सैन्य कूले बहुपक्षीय द्वन्द्व निम्त्याएको छ र यो अझै समाधान हुन सकेको छैन ।

भूकम्पपछि जुन्ताले दर्जनौँ आक्रमण गरेको बताइएको छ । यसमा बुधबार अस्थायी युद्धविराम घोषणा भएदेखि कम्तीमा १६ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।

वर्षौंको लडाइँले म्यान्माको अर्थव्यवस्था र पूर्वाधार तहसनहस पारेसँगै भूकम्पपछिको राहत प्रदान गर्न अन्तर्राष्ट्रिय प्रयासहरूलाई उल्लेखनीय रूपमा बाधा पुर्याएको छ ।

चीन, रूस र भारत उद्धार टोलीहरू म्यान्मा पठाएर बाँचेकाहरूलाई पत्ता लगाउन मद्दत गर्ने पहिलो देशहरू मध्ये थिए ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा अन्तर्राष्ट्रिय विपद् राहतको अग्रणी रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको मानवीय सहायता एजेन्सीलाई विघटन गर्नुभएको छ ।

वासिङ्टनले शुक्रबार म्यान्मालाई पहिलेको २० लाख डलरको सहायतामाथि थप ७० लाख डलर थप्ने बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कति बढ्ला तलब ?

कति बढ्ला तलब ?

एकातिर नेपालमा कर्मचारीको तलब थोरै छ भन्ने चर्चा गरिन्छ, अर्कातिर तलब नबढेकै तीन वर्ष नाघ्यो । योसँगै कर्मचारीको तलब भत्ता पुनरावलोकन समितिले नै तलब बढाउन सरकारलाई सुझाब दिएको...
काठमाडौँमा बर्डफ्लु पुष्टि, गोकर्णेश्वरका २, ३ र ४ वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’भेटियाे

काठमाडौँमा बर्डफ्लु पुष्टि, गोकर्णेश्वरका २, ३ र ४ वडामा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’भेटियाे

संक्रमणलाई थप फैलिन नदिन र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिकाले व्यावसायिक फार्म सञ्चालकहरूका लागि कडा मापदण्ड सहित  निर्देशन दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम नारायण गौलीद्वारा जारी...
सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव

सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको भन्दै सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएका हुन्।
एनसेल फाउन्डेसनको सहर्कायमा ‘हिमालयन लिटरेचर फेस्टिभल’, विश्वका दिग्गज साहित्यिक व्यक्तित्व नेपाल आउँदै

एनसेल फाउन्डेसनको सहर्कायमा ‘हिमालयन लिटरेचर फेस्टिभल’, विश्वका दिग्गज साहित्यिक व्यक्तित्व नेपाल आउँदै

एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुने यस संस्करणको आठदिने अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरु प्रसाद मैनालीले पु¥याएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको