नेभिगेशन
समाज

राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न प्रशासनले दिएन अनुमती, बल्खु वा सिफल चौरमा गर्न आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने भएको छ । राप्रपाले यस अघि चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्ने तय गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर आइतबार साँझ प्रशासनले पत्रचार गर्दै बल्खु क्षेत्र वा सिफल चौरमा कार्यक्रम गर्न अनुरोध गरेको हो । राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमतीका लागि जिल्ला प्रशासनलाई पठाएको इमेलको जवाफमा  प्रशासनले बल्खु क्षेत्र वा सिफल चौरकालागि अनुमती दिएको हो । 

Ncell
Extreme Energy


प्रशासनले राप्रपालाई पठाएको पत्रमा भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरु पूर्व निर्धारित भएकाले राप्रपालाई अनुमती नदिइएको उल्लेख गरिएको छ । 

‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।