नेभिगेशन
मुख्य समाचार

राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न प्रशासनले दिएन अनुमती, बल्खु वा सिफल चौरमा गर्न आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने भएको छ । राप्रपाले यस अघि चैत २६ गते भृकुटीमण्डपमा आमसभा गर्ने तय गरेको थियो ।

तर आइतबार साँझ प्रशासनले पत्रचार गर्दै बल्खु क्षेत्र वा सिफल चौरमा कार्यक्रम गर्न अनुरोध गरेको हो । राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमतीका लागि जिल्ला प्रशासनलाई पठाएको इमेलको जवाफमा  प्रशासनले बल्खु क्षेत्र वा सिफल चौरकालागि अनुमती दिएको हो । 


प्रशासनले राप्रपालाई पठाएको पत्रमा भृकुटीमण्डपमा अन्य आन्दोलनका कार्यक्रमहरु पूर्व निर्धारित भएकाले राप्रपालाई अनुमती नदिइएको उल्लेख गरिएको छ । 

‘सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, पत्रमा भनिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

नयाँ पुस्तालाई मतदाता परिचयपत्र बनाउन प्रधानमन्त्री कार्कीको आग्रह

प्रधानमन्त्री कार्कीले शुक्रबार भिडियो सन्देश दिँदै हामी नागरिकको विवेक सही रूपमा प्रयोग गर्नका लागि आधिकारिक रूपमा मतदाता परिचयपत्र हुनुपर्ने विषयलाई स्मरण गराएकी हुन ।
लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

लोकतन्त्र द्वन्द्वमा होइन संवादमा बलियो हुन्छः राष्ट्रपति पौडेल

प्रतिनिधिसभाका सभामुख, उसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष एवं प्रदेशसभाका सभामुख, उपसभामुखसँग शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उहाँले जनताको आवाज सुनेर लोकतान्त्रिक आचारणलाई जीवनमा अङ्गाल्न जरुरी भएको बताए...
सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ (तस्बिहरहरु)

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाई हुने जनाइएको छ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ । ठप्प प्रायः अवस्थामा रहेको...
आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

आफुहरुको सुविधा घटाउने सरकारको निर्णयप्रति संसद् र प्रदेशका पदाधिकारी असन्तुष्ट

शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरुको संयुक्त बैठकमा उनीहरुले मितव्ययिताका नाममा अत्यावश्यक सुविधा घटाउने काम गरेको भन्दै असुन्तुष्टि जनाएका हुन् ।