नेभिगेशन
समाज

भृकुटीमण्डपमा प्रशासनले रोक लगाएपछि बल्खुमा आमसभा गर्ने राप्रपाको तयारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको आमसभा बल्खुमा गर्ने तयारी गरेको छ । मंगलबार भृकुटीमण्डपमा गर्ने भनिएको आमसभा जिल्ला प्रशासन कार्यालयले सुरक्षा दृष्टिकोणलाई कारण देखाउँदै बल्खु र सिफलमध्ये एक ठाउँमा गर्न सुझाव दिएको थियो । सोमध्ये राप्रपाले बल्खुमा आमसभा गर्ने भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रशासनले रोक लगाएपछि आफूहरुको आमसभा बल्खुमा गर्नेगरि तयारी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘प्रशासन ले नै रोक लगाएर २ वटा ठाउँहरु सुझायो । तीमध्ये बल्खुमा कार्यक्रम गर्ने निचोडमा हामी पुगेका छौँ ।’

Ncell
Extreme Energy

राप्रपाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको आन्दोलन परिचालन मूल समितिले नै राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको हो । सो सभालाई नवराज सुवेदी नेतृत्वको (राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति) ले पनि समर्थन जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।