नेभिगेशन
समाज

३ दिन न्यायिक हिरासतपछि रवि लामिछाने कारागार चलान

रुपन्देही । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।

बुटवलको सुप्रिम सहकारीको पैसा हिनामिना मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेशपश्चात घरबाटै गिरफ्तारी दिएका उनलाई केही समय अघि रुपन्देही अदालतमा पेश गरिएको थियो । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई  भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

गत शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेशसँगै शुक्रवार रातिनै लामिछानेले काठमाडौँस्थित घरबाटै गिरफ्तारी दिएका थिए ।
शनिबार उनलाई विमानमार्फत भैरहवा लगिएको थियो ।

तीन दिन न्यायिक हिरासतमा राखेर उनलाई कारागार चलान गरिएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...