नेभिगेशन
समाज

३ दिन न्यायिक हिरासतपछि रवि लामिछाने कारागार चलान

रुपन्देही । सहकारी रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुटवलको सुप्रिम सहकारीको पैसा हिनामिना मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले  लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । सो आदेशपश्चात घरबाटै गिरफ्तारी दिएका उनलाई केही समय अघि रुपन्देही अदालतमा पेश गरिएको थियो । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई  भैरहवा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  

Ncell
Extreme Energy

गत शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको थियो । आदेशसँगै शुक्रवार रातिनै लामिछानेले काठमाडौँस्थित घरबाटै गिरफ्तारी दिएका थिए ।
शनिबार उनलाई विमानमार्फत भैरहवा लगिएको थियो ।

तीन दिन न्यायिक हिरासतमा राखेर उनलाई कारागार चलान गरिएको हो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।