नेभिगेशन
समाज

हेटौँडा सिमेन्टको आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए । 

Ncell
Extreme Energy

उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए । 

विसं २०३३  मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगको विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा,  भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।