नेभिगेशन
समाज

टी–२० आई क्रिकेट सिरिज खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीकाे बिदाई

काठमाडौँ । हङकङमा हुने चारदेशीय टी–२० आई क्रिकेट सिरिज खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेको हो । नेपाली टोलीले नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा टी–२० आई क्रिकेट सिरिज खेल्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइनसकेका कारण मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिइएको हो ।

Ncell
Extreme Energy

विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले हङकङमा हुने चारदेशीय सिरिजमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । उनले हङकङ सिरिजले टि ट्वान्टी विश्व कप छनोटको तयारीका लागि पनि मद्दत पुग्ने बताए ।

त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक ज्ञानेन्द्र मल्लले नेपाली टोलीसंगको यात्रा सहज हुने भन्दै नौलो महशुस नभएको उल्लेख गरे । प्रशिक्षकको भूमिकामा कुनै दवाव नरहेको र राष्ट्रका लागि खेल्ने–खेलाउने भूमिका निर्वाह गर्ने उनले बताए ।

सिरिजमा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् । नेपालले कतारसँग खेल्दै बिहीबार प्रतियोगिताको सुरुआत गर्नेछ । दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै