नेभिगेशन
मुख्य समाचार

राजावादी आन्दोलनमा भारतको समर्थन छैनः शेरबहादुर देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दाबी गरेका छन् । 

गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको दाबी गरेका हुन् । नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले प्रतिवद्धता गरेको उनको भनाई थियो । 

CG

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने जिकिर गरे । दुईदेशबीच कुनै समस्या आए वार्तामार्फत समाधान गर्न सकिने उनको भनाइ छ । उनले गणतान्त्रीक व्यवस्थालाई सुदृढ पार्नका लागि आफुहरु लागिपरेको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने टोलीको बिदाई (तस्बिरहरु)

फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने  टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको हो ।
आयोगले आधिकारिकता दिएपछि गगनले बोलाए केन्द्रीय समिति बैठक (तस्बिरहरु)

आयोगले आधिकारिकता दिएपछि गगनले बोलाए केन्द्रीय समिति बैठक (तस्बिरहरु)

बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेयटमा बसेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।
कांग्रेस आफ्नो समुहका भएको दाबी गर्दै देउवा पक्ष अदालत जाने

कांग्रेस आफ्नो समुहका भएको दाबी गर्दै देउवा पक्ष अदालत जाने

निर्वाचन आयोगले विषेशमहाधिवेशन पक्षधरलाई आधिकारीकता दिएपछि आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता दिने निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो।
सोविता गौतम भन्छिन्: महान्यायाधीवक्ताको निर्णय पीडितको पक्षमा छ, पीडितहरुले पैसा फिर्ता पाउने बाटो खोल्यो

सोविता गौतम भन्छिन्: महान्यायाधीवक्ताको निर्णय पीडितको पक्षमा छ, पीडितहरुले पैसा फिर्ता पाउने बाटो खोल्यो

पीडित र अभियुक्तलाई एउटै टेबलमा बसेर समाधान खोज्ने सम्भावना सिर्जना गरेको उल्लेख गरेकी छिन् । उनले थप भनेकी छिन्, सकारात्मक दृष्टिले हेर्ने हो भने, यो निर्णय पीडितको पक्षमा...

भर्खरै