नेभिगेशन
समाज

बालेनको सचिवालयले भन्यो, ‘एम्बुलेन्स खरिदमा सबै प्रक्रिया पुरा गरिएको छ, भ्रष्टाचारको गुञ्जायस छैन’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले एम्बुलेन्स खरिद प्रक्रियामा सबै प्रक्रिया पूरा भएको र भ्रष्टाचारको कुनै गुञ्जायस नभएको बताएको छ । सोमबार एक विज्ञप्ती सार्वजनिक गर्दै सचिवालयले महानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच वृद्धि गर्ने उद्देश्यले एम्बुलेन्स वितरण गरेको तर सोही विषयलाई लिएर लाञ्चनायुक्त सामग्री प्रकाशित भएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै एम्बुलेन्स वितरण गर्ने योजना आफूहरुको नभएर नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको र सोहीअनुरुप कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढाइएको सचिवालयले जनाएको छ । ‘एम्बुलेन्स वितरण गर्ने योजना नगर सभा र नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भएको नीतिगत निर्णय हो । सार्वजनिक सुचना आह्वान गरी देशभरीका गाउँपालिकाबाट प्राप्त निवेदनका आधारमा प्रादेशिक भार छुट्याई वैज्ञानिक प्रक्रियाबाट आठ छनौट मापदण्डका आधारमा ३५ वटा गाउपालिका छनौट गरिएको थियो । सोहि बमोजिम कार्यक्रम र बजेट स्वीकृत भएपछि खरिद प्रक्रिया अगाडि बढेको हो ।’, विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै एम्बुलेन्स सार्वजनिक खरिद प्रक्रियाका लागि सरकारले प्रयोग गरेको प्रविधि अवलम्बन गरिएको र  एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरु तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया अघि बढाइएको सचिवालयले जनाएको छ । ‘प्रचलित कानुनबमोजिम एम्बुलेन्स खरिद गर्न बोलपत्र सम्बन्धी कागजातहरु तयार गरेर स्पेसिफिकेसन, लागत अनुमान अधिकार प्राप्त आधिकारिक तहबाट स्वीकृत गरेर प्रचलित खरिद सम्बन्धी व्यवस्थाबाट खरिद प्रक्रिया गरिएको हो । खुला प्रतिस्पर्धाका माध्यमबाट कानुन बमोजिम गठित समितिबाट मुल्याकंन गरेर बोलपत्रदाताको छनोट गरिएको हो । छनोट भएको बोलपत्रदातासँग सम्झौता गरेर कार्यादेश दिइएको छ ’, सचिवालयले भनेको छ । 

त्यस्तै कुनै पनि खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ प्रमुख र सचिवालयलाई जोडेर समाचार प्रकाशित प्रसारित गरिएको भन्दै सचिवालयले त्यसको खण्डन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।