नेभिगेशन
समाज

ईलाका प्रशासन कार्यालय कटारीले गर्यो आफ्नै भवनबाट सेवा सुरु

उदयपुर । करिब १२ वर्षदेखि भाडाको भवनमा सञ्चालन हुँदै आएको ईलाका प्रशासन कार्यालय कटारीले सोमबारदेखि आफ्नै नवनिर्मित भवनबाट सेवा सञ्चालन सुरु गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कटारी नगरपालिका–३ स्थित नयाँ भवनबाट कार्यालयले औपचारिक रूपमा सेवा दिन सुरु गरेको हो। संघीय सरकारको गृह मन्त्रालय अन्तर्गत ५ करोड ६३ लाख २० हजार ९८१ रुपैयाँ ७६ पैसाको लागतमा निर्माण सम्पन्न भएको सो भवनबाट आजबाट सेवा सुचारु गरिएको हो।

Ncell
Extreme Energy

उदयपुर जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजारमा अवस्थित उक्त कार्यालयबाट जिल्लाको पश्चिमी भेगका सेवाग्राहीहरूलाई प्रशासनिक सेवा दिइँदै आएको ईलाका प्रशासन कार्यालय प्रमुख कोपिला राईले बताइन्।

भवन निर्माणको जिम्मा वानेश्वर-१० स्थित मिसन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले लिएको थियो। २०७९ साल असारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले शिलान्यास गरेका थिए। सम्झौता अनुसार दुई वर्षभित्र निर्माण सक्नुपर्ने गरी काम थालिएको थियो।

भवन निर्माण सम्पन्न भइसकेकाले आफ्नै भवन बाट आज देखि सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी  प्रेम लुइँटेलले बताए । हाल ईलाका प्रशासन कार्यालयले कटारी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ का सेवाग्राहीलाई सेवा प्रदान गर्दै  आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

आइसिसी क्रिकेट विश्वकप लिग–२: ओमानलाई हराउँदै नेपाल लगातार दोस्रो जित निकाल्न सफल

ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो।
घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

घटस्थापनादेखि १ लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।
२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

२ दिनमा ९ जना प्रस्तावित राजदूतको सुनुवाइ, बाँकीकाे बुधबार

बैठकमा प्रस्तावित राजदूतले आ–आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए । समितिको सोमबारको बैठकमा भारत, चीन, अमेरिका र बेलायतका प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।