नेभिगेशन
समाज

आज बल्खुमा राप्रपाको प्रदर्शनः २ हजार प्रहरी परिचालन

काठमाडौँ । आजका काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार राजसंस्था पुर्नस्थापनाको माग गर्दै  प्रदर्शन गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


आज दिउँसो  १२ बजेदेखि बल्खुमा सभा सुरु हुने राप्रपाले जनाएको छ । त्यस भन्दा अघि काठमाडौका विभिन्न ठाउँमाबाट र्याली निकालिने राप्रपाले जनाएको छ ।

Ncell
Extreme Energy

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने छन् भने  विभिन्न ठाउँबाट बल्खु पुगेका र्याली १२ बजेदेखि आमसभामा परिणत हुने छ ।  
आमसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने छन् । 


चैत १५ गते दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आयोजना गरेको प्रदर्शन अराजक हुँदा राप्रपलाई समेत नैतिक क्षती पुगेको थियो राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र सहित महामन्त्री धवलसमशेर राणा अहिले प्रहरी हिरासतमा छन् । 


आजको प्रदर्शनमा पनि घुसपैठ हुन सक्ने भन्दै राप्रपाले घुसपैठ भए प्रतिकार गर्ने जनाइसकेको छ । यसका लागि अहिले बिहान ९ बजेबाटै कार्यक्रमस्थलमा राप्रपाका स्यंसेवकले घेर्ने छन् । 
यस्तै आजको प्रदर्शन पनि असामान्य बन्न सक्ने भन्दै सुरक्षा निकायले तयारी गरेका छन् ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार आज २ हजार बढी प्रहरी प्रदर्शनस्थल वरपर सुरक्षामा खटिने छन् भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ ।


सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।


यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सूचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...