नेभिगेशन
समाज

पुनः राजनीतिमा फर्कने पूर्वराष्ट्रपति/उपराष्ट्रपतिको सेवा सुविधा कटौती गर्नुपर्छः माधव कुमार नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताए । पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनले बताए । उनले राष्ट्रपति भएपछि राजनीतिबाट विदा हुनुपर्ने भएकाले आफुले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।

Ncell
Extreme Energy

उनले भारतले राजसंस्था पुनस्र्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे । 

अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समिक्षा गर्दै आवश्यक संसोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण