नेभिगेशन
समाज

जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छः प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अन्य अधिकारको कुनै अर्थ नहुने बताउँदै  विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरे । “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ठूलो उपलब्धि हो । यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका रूपमा मात्र होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिनुपर्छ । त्यसकारण हाम्रा प्रयासहरु जनताको सेवामा समर्पित हुनुपर्छ । परिपूर्ण लोकतन्त्रका लागि हामीले काम गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “जनताले परिवर्तनको उपलब्धि आफ्नो पेट, आफ्नो आङ र सन्ततिको हितमा खोज्छ । त्यसकारण हामीले जनतालाई  लोकतान्त्रिक अधिकार उपयोग गर्न दिनुपर्छ । सम्पूर्ण सामाजिक जीवनमा लोकतन्त्र फुलाउनुपर्छ । त्यसका लागि समाजलाई विकास र सुशासनको गतिमा लानैपर्छ ।”

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले मधेस प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको उल्लेख गर्दै यहाँका अनुशासित, चेतनशील तथा विकासप्रेमी नागरिकले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान कायम गर्न पुर्‍याएको योगदानको प्रशंसा गरे । 

संविधानले मधेस प्रदेशलाई स्वायत्तता प्रदान गरेको र यो स्वायत्तताको सही उपयोग गर्नु सबैको दायित्व रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, नीति निर्माण र विकासका कार्यहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकारको विशेष भूमिका रहने बताए ।

प्रधानमन्त्री ओलीले मधेस प्रदेश सम्भावनै सम्भावनाहरूको उर्वर भूमि, कृषिका लागि उपयुक्त चुरेक्षेत्र जडीबुटी, जङ्गलदेखि पानीको अपार स्रोतयुक्त भएकाले यहाँको विकासलाई सबैको सहयोगमा अघि बढाउनुपर्नेमा जोड दिनुभयोे । उहाँले सुनकोशी मरिन डाइभर्सन आयोजनाले  मधेसमा सिँचाइ भई राष्ट्रिय उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र यसले पहाड र तराईबीचको एकताभाव सृजना गर्ने बताए । 

प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्र, पेट्रोलियम पाइपलाइन, रेलमार्ग, हुलाकी सडक, दू्रतमार्ग, रामराजाप्रसाद सिंह अस्पताल मधेसको विकास र समृद्धिको आधार भएकाले एकीकृत जाँच चौकी तथा प्रमुख भन्सार नाका वीरगञ्जलाई आर्थिक केन्द्र तथा प्राचीन शहर जनकपुरधामलाई सांस्कृतिक पर्यटनको आधारको रुपमा विकास गर्न सकिने बताए । 

उनले राजर्षि जनक, माता सीता, महर्षि परशुराम, महाकवि विद्यापतिजस्ता विभूति र विद्वान एवं छिन्नमस्ता, गढीमाईलगायत देवदेवीहरुको भूमि मधेस प्रदेशमा ती पुर्खाका ज्ञान र गौरवलाई स्मरण गर्दै अब विकासको पथमा अग्रसर हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सर्वोच्चको निस्सापछि कांग्रेस उपसभापति विश्वप्रकाशको टिप्पणी– सबै तथ्यलाई पुनः प्रस्तुत गर्न तयार छौं

सर्वोच्चको निस्सापछि कांग्रेस उपसभापति विश्वप्रकाशको टिप्पणी– सबै तथ्यलाई पुनः प्रस्तुत गर्न तयार छौं

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको सम्पूर्ण तथ्यलाई अदालतसमक्ष पुनः प्रस्तुत गर्न आफूहरु स्पष्ट, खुला र तत्पर रहेको बताएका छन् ।
भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

भीआईपीका दोहोरो सुविधा अब हुँदैछ कटौती

प्रधानमन्त्री बालेन शाहले दोहोरो सुविधाको नाममा राज्यमाथिको ब्रह्मलुट रोक्न नयाँ कानुन प्रस्ताव गरेका छन् ।
भदौ १ देखि कन्सुलर प्रमाणीकरण सेवा अनलाइनबाटै, परराष्ट्रको ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ सुरु

भदौ १ देखि कन्सुलर प्रमाणीकरण सेवा अनलाइनबाटै, परराष्ट्रको ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ सुरु

परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यसहित ‘नेपाल ई–एटेस्टेसन सिस्टम (निट्स)’ सार्वजनिक गरेको छ । नयाँ प्रणाली भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।
ग्यास अभाव तत्काल अन्त्य गर्न आयल निगमका नयाँ कार्यकारी निर्देशकलाई उद्योगमन्त्रीको निर्देशन

ग्यास अभाव तत्काल अन्त्य गर्न आयल निगमका नयाँ कार्यकारी निर्देशकलाई उद्योगमन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्रसाहलाई देशभर देखिएको एलपी ग्यासको अभाव तत्काल अन्त्य हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन...