नेभिगेशन
समाज

राप्रपा नेतृ कुन्तीको चेतावनीः गणतन्त्रवादीहरु कि देश छोडेर भाग कि आत्मसमपर्ण गर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रिय सदस्य कुन्ती पोखरेलले गणतन्त्रवादीहरुलाई देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी छन । बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै पोखरेलले यस्तो चेतावनी दिएकी हुन् । 
उनले भनिन्, 'एउटा कुरा भन्न चाहन्छु । गणतन्त्र भनिने लुटतन्त्रेहरुले के गरे हाम्रो देशमा थाहा छ रु भएका सबै कलकारखाना बन्द गरे । हाम्रा युवाले दुई छाक खाने ठाउँ बन्द गरेर एउटा कारखाना चलाएका छन । त्यो के कारखाना हो थाहा छ रु भ्रष्टाचारी जन्माउने कारखाना । ए लुटतन्त्रेहरु, आजै तिमीहरु भागिहाल, कि घरबाटै थुतेर हाम्रा राष्ट्रवादी साथीहरुले कुट्नेछन । कि देश छोडेर भाग कि राष्ट्रवादी साथिहरुको अगाडि आत्मसमर्पण गर । नत्र खैरियत छैन । सात गतेबाट सडक तताउँ । यिनीहरुको दानापानी बन्द गरौं '।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले हिरासतमा रहेको राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसम्मेर राणालाई रिहा नगरे बैशाख ७ गते देखि सडकबाट आन्दोलन चर्काउने चेतावनी दिइन् । उनले भनिन्, 'आज हाम्रो रगत तातेको छ । हाम्रा नेतागणहरुलाई थुनेर राखेका छन । उहाँहरुलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु । यो आज हाम्रो सुरुवात हो । अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौं, यहाँबाट चल्दैनों । राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौं '।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...