नेभिगेशन
समाज

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ’ : राजेन्द्र लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख एमोलेको युवा संघको सहअध्यक्ष भएको आरोप अगाएका छन् । बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रहरीले प्रहरी भएर काम गर्नुपर्ने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले भने, ‘तीनकुनेको आन्दोलनमा भएका घाइतेको कुनै हिसाब छैन । भौतिक क्षति भयो त्यसको कुनै हिसाब छैन । त्यसमा अहिलेको प्रधानमन्त्री, अहिलेको गृहमन्त्री र अहिलेको प्रहरीको नाइके प्रहरी प्रमुख जिम्मेवार छ । अहिले गृहमन्त्रीले आदेश दिए होलान्, प्रहरी चले होलान् भनेको त अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ, हेर्नुहोस् त । हामीले भटेको खोकाहरु, अश्रुग्यासका सेलका पोकाहरु जहाँ एक्सपाइरी डेट २००८ लेखेको छ, २०१०, २०१२ लेखेको छ त्यो नक्कली हो ? दुर्गा प्रसाईँहरुले बोकेर ल्याएर हानेको अश्रुग्यास हो त्यो ? अनि त्यो प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक के भन्छ, हामीले हानेको अश्रुगयास कसरी डेट एक्सपाएर भएको हुन्छ ? भन्छ ल । म भन्न चाहनछु, प्रहरी प्रहरी भएर बस्नुपर्छ । कुनै राजनीतिक दलको भातृ संगठन भएर बस्ने होइन । तपाईँलाई त्यो फुली लाइदिने दलका नाइकेहरु सधैँ सत्तामा हुँदैनन् । र तिनीहरुको सधैँ हालिमुहाली चल्दैन । यो कुरा याद राख्नु ।’ 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सभामुख अर्याल स्वदेश फिर्ता

सभामुख अर्याल स्वदेश फिर्ता

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उनले  संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा  धारणा प्रस्तुत गरेका थिए ।
सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित

आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो । बजेटमाथिको छलफल सुरु...
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...