नेभिगेशन
समाज

आन्दोलनरत शिक्षकहरुलाई पुनःवातार्मामा आउन सरकारको आव्हान

काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

Ncell
Extreme Energy


विज्ञप्तीमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले वार्ता, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।


विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो।


यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । तर आन्दोलनरत शिक्षकहरु भने यस अघि भएका  सम्झौता लागुगर्न माग गर्दै वार्ता अस्वीकार गर्दै आएका छन् । 
यस्तो छ शिक्षा मन्त्रालयको पत्र:

Minsitry-fo-Education-relaase--1744112133.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुग्यो, ६ हजार १४५ अझै बेपत्ता

भोटेकोशीको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४१० पुगेको छ। अझै ६ हजार १४५ जना बेपत्ता रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
मुग्लिन नारायणगढ सडकको पहिरो हटाइयो, दुईतर्फी सञ्चालनमा

मुग्लिन नारायणगढ सडकको पहिरो हटाइयो, दुईतर्फी सञ्चालनमा

मुग्लिन नारायणगढ सडक खण्डमा आज विहान खसेको पहिरो हटाइएको छ ।
गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

गुड्न तयार भयो नेपालमै बनेको विद्युतीय स्कुटर 'यात्री पी२', सुरुवाती मूल्य तीन लाख २९ हजार ९००

नेपालमै डिजाइन र उत्पादन गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर 'यात्री पी२' औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको छ ।
भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीबारे २० अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले पत्ता लगाएका दुई कारण

भोटेकोशी भेलबाढीको स्रोत बुझ्न नेपालका विज्ञ मात्रै होइन विश्वभरका वैज्ञानिक जुटेका छन्। २० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ सम्मिलित टोलीले गरेको अध्ययनले नयाँ केही तथ्य सार्वजनिक गरेका छन्।

भर्खरै