नेभिगेशन
मुख्य समाचार

आन्दोलनरत शिक्षकहरुलाई पुनःवातार्मामा आउन सरकारको आव्हान

काठमाडौं । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई पुनः वार्तामा बोलाएको छ । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ।

Dish home
City Express


विज्ञप्तीमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले वार्ता, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।


विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै शिक्षासँग सम्बन्धित माग राख्दै आन्दोलनमा रहेका शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा मन्त्रालयले फेरि वार्ताका लागि बोलाएको हो।


यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफल र परामर्शका लागि आन्दोलनरत पक्षहरूलाई बोलाएको थियो । तर आन्दोलनरत शिक्षकहरु भने यस अघि भएका  सम्झौता लागुगर्न माग गर्दै वार्ता अस्वीकार गर्दै आएका छन् । 
यस्तो छ शिक्षा मन्त्रालयको पत्र:

Minsitry-fo-Education-relaase--1744112133.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्मा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश शर्मा पक्राउ

उनलाई काठमाडौँ उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले ललितपुरको बख्खुडोलबाट आइतबार पक्राउ गरेको हो ।
इलाममा पहिरोमा परे मृत्यु हुनेको संख्या ३७ पुग्यो

इलाममा पहिरोमा परे मृत्यु हुनेको संख्या ३७ पुग्यो

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार सूर्योदय नगरपालिका १ मा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। यस्तै इलाम नगरपालिका ६ मा...
काठमाडौँमा घाम लाग्दा के छ नागढुंगाको अवस्था (तस्बिरहरु)

काठमाडौँमा घाम लाग्दा के छ नागढुंगाको अवस्था (तस्बिरहरु)

लगातारको बाढी र पहिरोका कारण नागढुंगा नाका बन्द भएपछि सडक सुनसान देखिन्छ। केही यात्रुहरु काठमाडौँ  नाक सम्म आइपुगेका छन् भने  घाम लाग्दा पनि काठमाडौँ प्रवेश गर्न नदिएको भन्दै ...
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो

मृत्यु हुनेमा सूर्योदय–१ मा ५ जना, इलाम नगरपालिका–१ मा ६ जना, देउमाइमा २ जना, फाकफोकथुपमा १ जना, मान्सेबुङमा ३ जना, माइजोगमाइमा ८ जना र सन्दकपुरमा ३ जनाको मृत्यु...