नेभिगेशन
समाज

सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो ।

Ncell
Extreme Energy

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, आयोगले सागरदेवी फर्मा हैटौडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ ।

सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ ।

आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।