नेभिगेशन
समाज

प्राधिकरणले दक्ष व्यक्ति पाएको छ, नागरिकको घरमा लोडसेडिङ हुँदैन : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका छन् । 

सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका हुन् । 

CG

उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभएपनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राखे । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे । 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको बिकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए । 

मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै शुभकामना दिए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सोविता गौतम भन्छिन्: महान्यायाधीवक्ताको निर्णय पीडितको पक्षमा छ, पीडितहरुले पैसा फिर्ता पाउने बाटो खोल्यो

सोविता गौतम भन्छिन्: महान्यायाधीवक्ताको निर्णय पीडितको पक्षमा छ, पीडितहरुले पैसा फिर्ता पाउने बाटो खोल्यो

पीडित र अभियुक्तलाई एउटै टेबलमा बसेर समाधान खोज्ने सम्भावना सिर्जना गरेको उल्लेख गरेकी छिन् । उनले थप भनेकी छिन्, सकारात्मक दृष्टिले हेर्ने हो भने, यो निर्णय पीडितको पक्षमा...
रवि लामिछानेको अभियोग संशोधनपछि सहकारी पीडितहरु भन्छन्ः अब रकम फिर्ता हुने आशा बढ्यो

रवि लामिछानेको अभियोग संशोधनपछि सहकारी पीडितहरु भन्छन्ः अब रकम फिर्ता हुने आशा बढ्यो

‘महान्यायाधिवक्ताको कार्यालयले रवि लामिछाने, जिबी राई, छविलाल जोशीलगायतमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा संशोधन गरेर सहकारी ठगीको मुद्दा मात्रै यथावत् रहने निर्णय गरेको रहेछ । हामी...
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...