नेभिगेशन
समाज

प्राधिकरणले दक्ष व्यक्ति पाएको छ, नागरिकको घरमा लोडसेडिङ हुँदैन : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सान्जेन खोला हाइड्रोपावर कम्पनीले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अव लोडसेडिङ नहुने बताएका हुन् । 

Ncell
Extreme Energy

उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभएपनि प्रचुर मात्रामा सुधार गर्ने ठाँउ रहेको धारणा राखे । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे । 

मन्त्री खड्काले ऊर्जा क्षेत्रको बिकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० बर्षमा २८ हजार मेगावाट भन्दा बढि विधुत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए । 

मन्त्री खड्काले सान्जेन खोला हाइड्रोपावर कम्पनीले राष्ट्रिय प्रशारण ग्रीडमा ७८ मेगावाट विद्युत जडान गर्न सफल भएको भन्दै शुभकामना दिए  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।