नेभिगेशन
समाज

पक्राउ परेका नेता कार्यकर्तालाई रिहा र पक्राउ पुर्जी खारेज नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको चेतावनी

काठमाडौँ । राजसंस्था पुर्नस्थापनाका लागि गठन भएको जनआन्दोलन समितिका कार्यवहाक संयोजक डा जगमान गुरुङले चैत १५ गते पक्राउ परेकालाई रिहा एवं नवराज सुवेदीको नजरबन्द नहटाए सामूहिक गिरफ्तारी दिने चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत गुरुङले सरकारले आफूहरुका नेता कायकर्तालाई निशर्त रिहा नगरे बैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका हुन् । 

Ncell
Extreme Energy

गुरुङले सरकारले राजसंस्था पक्षधरको मनोबल गिराउन चैत १५ गतेको कार्यक्रमपछि जारी भएका पक्राउ पुर्जी खारेज गर्नुपर्ने र नवराज सुवेदीको नजरबन्द हटाउनुपर्ने माग राखेका छन् । 

‘वैशाख २२ गतेसम्म पनि यो सरकारले हाम्रा साथीहरुको वारेन्ट बर्खास्त गरेन भने, हाम्रा संयोजकको नजरबन्द हटाएन भने र बन्दी बनाइएका साथीहरुलाई मुक्त बनाइएन भने २२ गते हामी सामूहिक गिरफतारी दिन्छौँ,’ गुरुङले भने । 

सामूहिक गिरफ्तारीको अगुवाई आफुले गर्ने उनले बताए । 

गुरुङले अव आफुहरुको आन्दोलन भ्रद्र प्रकारको हुने बताए । अहिले सशस्त्र आन्दोलनको आवश्यकता नरहेको उनको भनाइ छ । गुरुङले राजावादीको आन्दोलन कमजोर भएको हल्ला फैलाइएको भन्दै अहिले आफुहरु योजनामा व्यस्त रहेको उल्लेख गरे । उनले वैशाख २१ देखि एक्सनमा जाने जिकिर गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा आयोजना गरिएको सभालाई राज्यले हिंसात्मक बनाएको आरोप लगाए । राजावादीहरुलाई कमजोर र बद्नाम गराउन राज्यले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने काम गरेको उनले बताए । 
उनले संघीय धर्म निरपेक्ष गणतन्त्रलाई परिवर्तन गर्न नपाउने गरि संविधान संशोधनको प्रयास भएको भन्दै त्यसो गरिए देशमा आगो बल्ने चेतावनी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।