नेभिगेशन
समाज

गोली हानिएकी रेविका भेट्न सिभिल अस्पताल पुगेका गृहमन्त्रीले भने, ‘उपचार गर्दा लागेको खर्च फिर्ता पाउनुहुन्छ’

काठमाडौँ । चैत १५ गते राजावादीको आन्दोलनका क्रममा प्रहरीले गोली हानेर घाइते बनाएको रेविका खत्रीको परिवारलाई भेट्न गृहमन्त्री लेखक अस्पताल पुगेका छन् । उनले सिभिल अस्पतालमा उपचाररत खत्रीका परिवारलाई भेटेर रेविकाको उपचार गर्दा लागेको सम्पूर्ण खर्च सरकारले व्योहोर्ने आश्वासन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘उपचारका क्रममा खर्च गरेको विवरण अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।’, गृहमन्त्री लेखकले भने, ‘कसैले त्यस्तो आफैँले उपचार गरेको, खर्च गरेको बिल भरपाई छ भनेपनि अस्पतालमार्फत प्रमाणित गरेर पठाएपछि त्यो अनुसारको पैसा सरकारले फिर्ता दिन्छ ।’

Ncell
Extreme Energy

चैत १५ गतेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले अन्दाधुन्दा गोली चलाएको थियो । सो गोली लागेर कामबाट कोठा फर्कँदै गरेकी रेविका र उनलाई लिन चोकसम्म पुगेका उनका दाई दिनेश खत्री घाइते भएका थिए । उदयपुर घर भएका उनीहरुमध्ये दिनेश उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने रेविका उपचाररत छिन् । 

कसरी हानिएकाे थियाे गाेली, विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहाेस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।