नेभिगेशन
मुख्य समाचार

गोली हानिएकी रेविका भेट्न सिभिल अस्पताल पुगेका गृहमन्त्रीले भने, ‘उपचार गर्दा लागेको खर्च फिर्ता पाउनुहुन्छ’

काठमाडौँ । चैत १५ गते राजावादीको आन्दोलनका क्रममा प्रहरीले गोली हानेर घाइते बनाएको रेविका खत्रीको परिवारलाई भेट्न गृहमन्त्री लेखक अस्पताल पुगेका छन् । उनले सिभिल अस्पतालमा उपचाररत खत्रीका परिवारलाई भेटेर रेविकाको उपचार गर्दा लागेको सम्पूर्ण खर्च सरकारले व्योहोर्ने आश्वासन दिएका छन् । 

‘उपचारका क्रममा खर्च गरेको विवरण अस्पताल मार्फत स्वास्थ्य मन्त्रालयमा जान्छ र त्यो बिल बराबरको भुक्तानी सरकारले गर्छ ।’, गृहमन्त्री लेखकले भने, ‘कसैले त्यस्तो आफैँले उपचार गरेको, खर्च गरेको बिल भरपाई छ भनेपनि अस्पतालमार्फत प्रमाणित गरेर पठाएपछि त्यो अनुसारको पैसा सरकारले फिर्ता दिन्छ ।’

CG

चैत १५ गतेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले अन्दाधुन्दा गोली चलाएको थियो । सो गोली लागेर कामबाट कोठा फर्कँदै गरेकी रेविका र उनलाई लिन चोकसम्म पुगेका उनका दाई दिनेश खत्री घाइते भएका थिए । उदयपुर घर भएका उनीहरुमध्ये दिनेश उपचारपश्चात डिस्चार्ज भइसकेका छन् भने रेविका उपचाररत छिन् । 

कसरी हानिएकाे थियाे गाेली, विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहाेस् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै