नेभिगेशन
समाज

प्रधानमन्त्री ओलीले दोहोर्याए, ‘सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन् । प्रधानमन्त्री रहँदा र नरहँदासमेत सो नारा बारम्बार भन्ने ओलीले बुधबार भएको नेपाल चेम्बर अफ कमर्शको कार्यक्रममा समेत दोहोर्याएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल चेम्बर अफ कमर्शको ७४ औं वार्षिक साधारणसभाको बुधबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र बिकास तथा समृद्धि चाहिएको भन्दै यस बिषयमा कुनै सम्झौता नहुने बताएका हुन् । उनले आफु भ्रष्टाचारको विरोधी रहेपनि भ्रष्टाचार भइरहेको आफुलाई आशंका लागेको बताए । देशलाई बिकासका बाटोमा अघि बढाउनका लागि अनुकुल वातावरण बनेको र स्थायीत्व र स्थीरतातर्फ मुलुक अघि बढेको उनले बताए ।

Ncell
Extreme Energy

प्रधानमन्त्री ओलीले कम्तिमा पनि ८४ सालसम्म मुलुकमा स्थायीत्व र स्थीरता हुने र त्यसपछि पनि यो शिलशिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले बाह्य लगानी भित्राउने, संयुक्त पूँजीमा काम गर्ने अवस्था सिर्जना गर्ने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखे । 

प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजिवि, शिक्षक, प्राध्यापक लगाएत सवैको साथमा रहेको र सवैको भलाईका लागि काम गर्न चाहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।