नेभिगेशन
समाज

नेपालगञ्ज यातायातमा सेटिङमा सवारी लाइसेन्स, मासिक उठाउँथे ३ करोड बढी 

नेपालगञ्ज । यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट करोडौं रकम असुल्दै सेटिङमा सवारी लाइसेन्स वितरण हुने गरेको रहस्य खुलेको छ । यातायात कार्यालयका कर्मचारीले सेटिङमा सवारी लाइसेन्स वितरण गरेरै मासिक ३ करोडभन्दा बढी रकम उठाएको खुलेको हो । 
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात कार्यालयका कर्मचारीसहित ४ जनालाई पक्राउ गरेपछि सेटिङमा सवारी लाइसेन्स बनाउने हब नेपालगञ्ज रहेको देखिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार नक्कली सवारी लाइसेन्स वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको सूचना एवं उजुरीको आधारमा त्यहाँ टोली खटाइएको थियाे ।

Ncell
Extreme Energy

पौडेलका अनुसार आयोगको कार्यालय, टंगाल र बुटवल साथै नेपालगञ्ज सम्पर्क कार्यालयको संयुक्त टोलीले यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, ज्यालादारीका सहायक कम्प्युटर अपरेट मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नासु मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई नियन्त्रणमा लिइएको हो ।

साथै उनीहरूले प्रयोग गर्ने विद्युतीय उपकरण पनि बरामद गरी अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

विजय पौडेलको निधनमा नेकपा संयुक्तले तीन दिन झण्डा आधा झुकाउने

डा. विजय पौडेलको निधनमा घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् ।
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।