नेभिगेशन
समाज

आजको मौसमः काठमाडौँ उपत्यकामा वर्षा हुने, तुवाँलो पनि क्रमिक रुपमा हट्ने

काठमाडौँ । हाल काठमाडौँ उपत्यकामा सामान्य वर्षा भइरहेको छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी पर्ने मौसमविद् डेभिड ढकालले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वर्षासँगै काठमाडौँ उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्ने छ ।

Ncell
Extreme Energy

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ ।

महाशाखाका अनुसार आज दिउँसो    बागमती प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

त्यसैगरी, आज राति सोही प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।