नेभिगेशन
समाज

नेपाल सरकारले म्यानमार सरकारलाई हस्तान्तरण गर्यो २७ टन बराबरको राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परराष्ट्र मन्त्रालयको टोली म्यानमार पुगेर भूकम्पप्रभावितहरुका लागि खाद्यान्न, औषधि, लत्ताकपडा, टेन्ट लगाएत २७ टन बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।  यसअघि मन्त्रिपरिषद्को बैठकले म्यानमारमा भूकम्पपीडितहरुका लागि राहत सामाग्री पठाउने निर्णय गरेको थियो । नेपाल सरकार र निजी क्षेत्रको संयुक्त पहलमा संकलन भएका सामाग्री म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारीलाई हस्तान्तरण गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारीले जानकारी दिए । भूकम्पमा परेको म्यानमारका नागरिकलाई केहि सहयोग होस् भनेर सरकारले सहयोग उपलव्ध गराएको उनले बताए । उनले नेपाल सरकारले हस्तान्तरण गरेको सामाग्री म्यानमार सरकारले प्रभावितहरुलाई वितरण गर्ने जानकारी दिए ।

Ncell
Extreme Energy

त्यस्तै म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले म्यानमारमा भूकम्प गएपछि नेपालमा खबर गरेर नेपाली सेनाको टोली आएर सेवा गरिरहेको जानकारी दिए । 

अहिलेसम्म नेपाली सेनाको टोलीले १३ सय भन्दा बढिको उपचार गरेको उनले जानकारी दिए । उनले म्यानमारमा डेडलाख नेपाली भाषी म्यानमारमा रहेको उल्लेख गरे । 

म्यानमारमा गत शुक्रबार सात दशमलव सात म्याग्निच्युडको भूकम्पका कारण तीन हजार ६ भन्दा बढिको मृत्यु भएको छ भने हजारौ घाइते भएका छन् । भूकम्पमा १८ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने १०–१५ जना हराइरहेको नेपाली दूतावासले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।