नेभिगेशन
समाज

ज्ञानेन्द्र शाहले निर्मल निवासमा बस्दा त त्यो उत्पात मच्चाए, नारायणहिटी भएको भए के गर्थे होला ?: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जति सफा गरेर धोएपनि नेपालको राजालाई संवैधानिक बनाउन नसकिने बताएका छन् । नेपाली कांग्रेस पार्टी लामो अनुभवबाट यो निष्कर्षमा पुगेको उनको भनाई छ । बिहीबार काठमाडौँमा कांग्रेस क्षेत्र नम्बर २ को दोश्रो प्रदेश सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हामीले के कुरा बुझ्यौँ भने नेपालको राजा कसैले पनि धोएर, जति सफा गरेर त्यसलाई धोयो भनेपनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन ।  नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो ।’ थापाले भने, ‘निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईँलाई ल्याएर । अहिले नारायणहिटीमा भएको भए के गर्थे होलान् ? आज एउटा मुर्ख लम्पट कसले आएर के भन्छ अनी बरालिएर हामीलाई हो की हो की भनयाजस्तो कांग्रेसको मान्छेलाई लागन मिल्छ ? हामीहरु सबै त्यो अनुभव गरेर आएको होइन ?’

Ncell
Extreme Energy

त्यस्तै उनले पार्टीको महाधिवेशनका बिषयमा कोहि अल्मलिनुनपर्ने भन्दै ८४ को निर्वाचनअघि नै पार्टीको महाधिवशेन हुने बताएका छन् । थापाले महाधिवेशनलगतै बिभिन्न निर्वाचन आउने भएकाले तयारीमा जुट्नुपर्ने उल्लेख गरे । उनले स्थानीयले गर्नुपर्ने काम प्रदेश र प्रदेशले गर्नुपर्ने काम संघले गरेको भन्दै त्यसलाई सुधार गर्नुपर्ने बताए । 

संघीयता कार्यान्वयनलागि आवश्यक कानून समयमा बन्न नसकेकाले समस्या देखिएको भन्दै उनले कानून निर्माणका साथै संविधानमा आवश्यक संशोधन गर्नुपर्नेमा जोड दिए ।

उनले जनताले चूनेका प्रतिनिधिहरु देश चलाउन सक्षम रहेको बताए । लडेर ल्याएको गणतन्त्र र व्यवस्थामा कमजोरी भए सच्चाउन सकिने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।