नेभिगेशन
समाज

काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई निलम्बन गरेर छानबिन गर्न कर्मचारी संगठनको माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि निलम्बन गरि छानबिन गर्नुपर्ने माग उठेको छ । पाण्डेमाथि कारबाही गर्न माग गर्दै विभिन्न ५ कर्मचारी संगठनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनीहरुले बुझाएको ज्ञापन पत्रमा चैत २१ गते महानगरमा प्रमुख प्रशासकीय अधिकृतलाई भित्राउँदा नगर प्रहरीले देखाएको बल र राजु पाण्डेले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको बताइएको छ । उनीहरुले बmुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘कार्यालयका प्रशासनिक प्रमुखका रुपमा नेपाल सरकारले खटाएको अधिकार प्राप्त प्रमुख प्रशासकीय अधिकृत कार्यालय प्रवेश गर्दा काठमाडौँ महानगर प्रहरी बलका प्रमुख र उनको कमाण्डमा खटिएको प्रहरीवाट भएका वाधा अंवरोध एवं उनीहरुबाट प्रमुख प्रशासकीय अधिकृत, त्यहां उपस्थित जनप्रतिनिधि एवं कर्मेचारीहरुमाथी गरिएको  धरपकट र निज प्रहरी प्रमुखले सो समयमा व्यक्त गरेका कतिपय आपत्तिजनक भनाईहरु भर्त्सनीय एवं दण्डनीय रहेको हाम्रो ठम्याई छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनीमाथि कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैरकानुनी, अमर्यादित एव अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गर्न माग गरिएको छ । त्यस्तै प्रहरी प्रमुख पाण्डे आचरण विपरितको कार्यमा उत्रिएको भन्दै उनीमाथि महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानविन गर्न माग गरिएको छ । 

त्यस्तै महानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएर सबै कामकाज ठप्प भएको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतलाई भित्राउँदा रोकठोक गर्ने कार्य कानुन विपरित रहेको उनीहरुको ठहर छ । 

त्यस्तै महानगरको विकराल अवस्था हुँदासमेत महानगरको नेतृत्वले समस्या समाधान गर्न भुमिका खेल्नुपर्नेमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउँदा महानगर प्रमुखका स्वकिय सचिव भुपदेव शाहले सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल र सञ्चार माध्यममा कपोकल्पित समाचार प्रवाह गर्ने गरेको कर्मचारी संगठनको माग छ । 

‘सचिवालयका नाममा पदीय मर्यादा विपरित सामाजिक संजाल एवं विभिन्न सञ्चार माध्यममा कपोलकल्पित समाचार प्रवाह गर्ने, भ्रष्टाचार जस्तो गम्भीर आरोपलाई विना प्रमाण र तथ्य बद्नियतपूर्ण ढङ्गले उछाल्ने, २१ गतेको घटनामा सकारात्मक भूमिका निर्वाह गरी कार्यालयमा घट्न सक्ने भयावह दूर्घटनाबाट जोगाउन प्रयास गर्नु भएका आदरणीय उप्रमुखज्यु, वडाध्यक्ष तथा कार्यपालिका सदस्यज्युरु, वडा सदस्य एवं कर्मचारीहरु सवैले भ्रष्टाचारको आरोप खेप्न पर्ने भनी धम्की दिने कार्यको हामी घोर निन्दा गर्दै यस किसिमको निन्दनीय कार्य बन्द गर्न चेतावनी दिन चाहन्छौँ।’, पत्रमा भनिएको छ । 

त्यस्तै भुपदेव शाहले समेत कर्मचारीको आचरण उल्लङ्घन गरेको भन्दै उनलाई कानून बमोजिम कारवाही गर्न उनीहरुले माग गरेका छन् । 

karmachari-sangathan-1-(1)-1744273381.jpg

karmachari-sangathan-1-(3)-1744273380.jpg

karmachari-sangathan-1-(2)-1744273380.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।