नेभिगेशन
समाज

सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकन गर्न उद्योग मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गर्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा पुनरावलोकन गर्न आग्रह गरेको जानकारी गराएका हुन् । 

Ncell
Extreme Energy

उद्योग विभागले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्नेबारे सरोकारलावालाबीच छलफल गरेको थियो । सो छलफलमा सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने नीतिगत तथा कानुनी व्यवस्थामा पुनरावलोकन गर्न आग्रह गरिएको उनले बताए । 

उनले हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध आएकाले शतप्रतिशत चित्र राख्ने कुरामा पुनरावलोकन गर्न आग्रह गरेका हुन् । 

स्वास्थ्य मन्त्रालयले तयार पारेको ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१’ मा चुरोट र सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र तथा चेतावनीमूलक सन्देश छाप्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । उक्त व्यवस्था आगामी साउनदेखि चुरोट, खैनी, गुट्खा, बिडीलगायत सुर्तीजन्य पदार्थमा अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र अनिवार्य छाप्नुपर्ने हुन्छ । 

स्वास्थ्य मन्त्रालयका कानुन शाखाका प्रमुख गोपीकृष्ण रेग्मीले निर्देशिकामा भएको व्यवस्थाबाट आफूहरू पछि नहट्ने जानकारी दिए। “सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा घातक रङ्गिन चित्र राख्नाले सुर्तीजन्य सेवन गर्नेलाई निरुत्साहित गर्न व्यापक छलफलपछि निर्देशिका बनाइएको हो”, उनले भने, “निर्देशिकामा भएको व्यवस्थालाई उद्योग मन्त्रालयलाई पुनरावलोकन गर्न भनेको छ, हामी निर्देशिकामा भएको व्यवस्थाअनुसार साउनदेखि सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक रङ्गिन चित्र राख्ने व्यवस्था कार्यान्वयन गराउँछौँ ।”

निर्देशिकामा चुरोट, खैनी, बिडी र गुट्खाको बट्टा, प्याकेट तथा र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा क्यान्सर, मृत्युजस्ता घातक रङ्गिन चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । निर्देशिकाअनुसार चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कम तौल भएको, अपाङ्ता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र, मुखको क्यान्सरको अङ्कित चित्र, ह्दयघातको अङ्कित चित्र र फोक्सोको क्यान्सर अङ्कित चित्र राख्न भनिएको छ ।

यस्तै चुरोटको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि तथा पछाडिको शतप्रतिशत भागमध्ये २० प्रतिशत भागमा सूर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुमपानले ज्यान लिन्छ, सुर्तीजन्य पदार्थको सेवनले मुख तथा घाँटीका क्यान्सर हुन्छ र चुरोट तथा खैनी सुर्ती सेवन छाडौँ भन्ने राख्नुपर्ने उल्लेख छ ।

यसैगरी खैनी, सुर्ती र गुट्खाजस्ता सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट र र्यापर्समा अगाडि तथा पछाडिको ६० प्रतिशत भागमा मुखको क्यान्सर अङ्कित चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०–२० प्रतिशतका दुईवटा चेतावनीमूलक सन्देश राख्नुपर्ने निर्देशिकामा भनिएको छ ।

यस्तै निर्देशिकाअनुसार बिडीको बट्टा, प्याकेट र र्यापर्सको मुख्य भागको अगाडि र पछाडिको शतप्रतिशत भागमध्ये ८० प्रतिशत भागमा घाँटीको क्यान्सर अङ्कित चित्र, कमतौल भएको, अपाङ्गता भएका वा मरेको बच्चा जन्मेको अङ्कित चित्र राख्न भनिएको छ । यस्तै बिडीको बट्टा, प्याकेट र र्यापर्सको २० प्रतिशत भागमा चेतनामूलक सन्देश राख्नुपर्ने हुन्छ ।

यस्तै निर्देशिकामा सुर्तीजन्य पदार्थको पेटी, पार्सल, प्याकेजिङमा छापिने सन्देश पनि पाँचवटा घातक रङ्गिन चित्र ८० प्रतिशतमा र चेतनामूलक सन्देश २० प्रतिशतमा छाप्नुुपर्ने उल्लेख गरिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ ले ऐनमा भएको सुर्तीजन्य पदार्थका प्याकेटमा ७५ प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देशलाई बढाएर ९० प्रतिशत पुर्याएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसीले जानकारी दिउ । 

नेपालले ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्याउँदा ब्लुमबर्ग अवार्डसमेत प्राप्त गरेको थियो । उनले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चेतनामूलक चित्र तथा सन्देश राख्दा सेवनकर्ता चुरोट, सुर्ती, गुट्खा खान डराउने भएकाले बिक्री पनि कम हुने बताए । “चुरोट, खैनी, गुट्खामा भएको घातक चित्रले सेवनकर्ता डराउने र विस्तारै सेवन गर्न छाड्ने छन्”, उनले भने, “नयाँ सेवनकर्ता पनि घातक चित्र र चेतनामूलक सन्देशले नखाने विश्वव्यापी मान्यता रहेको छ ।”

निर्देशिकामा घातक चित्रका रङ पनि नराम्रो खालको मान्छले मन नपराउने राख्न भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती, चुरोटका प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने बताए । मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाइएको छ । 

अभिभावकले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा बालबालिका र परिवारका अन्य सदस्यहरुमा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटुरोग, क्यान्सरलगायत स्वास्थ्य जोखिम बढाउँछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव नौ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव तीन प्रतिशत पुरुष र ११ दशमलव छ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । तीमध्ये ७० लाखभन्दा बढीको मृत्यु प्रत्यक्ष सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने गरेको छभने धुमपान नगर्ने तर अन्य व्यक्तिले गरेको धुमपानबाट उत्पन्न धुवाँका कारण करिब १२ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

सदनमा मन्त्रीहरु सोविता, सस्मित, सुनिल, सुधन, विराज, शिशिर, स्वर्णिम र महावीरले जवाफ दिँदै, बालेन आउँलान ?

प्रतिनिधि सभामा आज ८ जना मन्त्रीले आगामी आर्थिक वर्षको बजेटअन्तर्गत आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।