नेभिगेशन
नेताका कुरा

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण 

काठमाडौँ । दुर्गा प्रर्सांईले भारतमा आत्मसमर्पण गरेका छन् । उनले आफूले आत्मसमर्पण गरेकोबारे फेसबुकबाट जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्गा प्रसाईं फरार भएपछि आफ्ना भिडियोहरु सार्वजनिक गर्दै आएको फेसबुक अकाउण्टबाट प्रसाईँले आफूले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक दुर्गा प्रसाईंले ज्यु ले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौँ, भनेका थियौँ र आज उपस्थित भयौँ ! जय देश जय रास्ट्रवाद !!'

Ncell
Extreme Energy

यता प्रहरीले त्यसबारे पुष्टि गरेको छैन । नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पक्राउको कुनै जानकारी नआएको बताए । 

त्यस्तै आसाम प्रहरीले नेपालको कुनै पनि व्यक्ति पक्राउको जानकारी नआएको जनाएको छ । आसाम प्रहरीका प्रवक्ताले सिधाकुरासँग दुर्गा प्रसाईंको खबर आफूहरुको जानकारी नआएको बताइन् । 

चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनपछि फरार भएका प्रसाईँले प्रहरीलाई चक्मा दिदै आएका थिए । उनले बुधबार एउटा भिडियाे सार्वजनिक गर्दै कानुन व्यवसायी र मानव अधिकारकर्मीलाई साथमा राखे आफूले ३६ घण्टाभित्र गिरफ्तारी दिने बताएका थिए । त्यसअघि पनि उनले आफू काठमाडौँमै रहेको भन्दै एक मन्दिर अगाडि बसेर भिडियो सार्वजनिक गरेका थिए । 

नेपाल प्रहरीले तीनकुनेको हिंसात्मक प्रदर्शनको मुख्य जिम्मेवार प्रसाईं नै भएको ठहर गरेको छ । उनले आफैँले चलाएको गाडी प्रहरीमाथि चढाउन खोजेर भिडलाई उक्साएको आरोप छ । सोही दिनदेखि बेपत्ता भएका प्रसाईंलाई प्रहरीले फेला पार्न सकेको थिएन । 

उक्त दिन तीनकुनेमा प्रदर्शनमा १ जना पत्रकारसहित २ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दर्जनौ ठाउँमा तोडफोडदेखि आगजनी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

विश्वप्रकाश र पुष्पा निर्विरोध, उपसभापति र महामन्त्रीमा को को ?

शर्मा र भुसाल यसअघि विशेष महाधिवेशनबाट सर्वसम्मत निर्वाचित उपसभापति हुन् । दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परे पनि निर्वाचन समितिले औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिसकेको...
मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

मिरा कटुवालः बम आक्रमणमा बाँचिन्, अहिले बनिन् केन्द्रीय सदस्यको उम्मेदवार

आज उनै मिरा कांग्रेस राजनीतिमा नेतृत्वको तरखर गर्दैछिन् । र, कोशी प्रदेशबाट युवा महिला कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्।