नेभिगेशन
नेताका कुरा

दुर्गा प्रसाईंद्वारा भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण 

काठमाडौँ । दुर्गा प्रर्सांईले भारतमा आत्मसमर्पण गरेका छन् । उनले आफूले आत्मसमर्पण गरेकोबारे फेसबुकबाट जानकारी गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्गा प्रसाईं फरार भएपछि आफ्ना भिडियोहरु सार्वजनिक गर्दै आएको फेसबुक अकाउण्टबाट प्रसाईँले आफूले आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अहिले २ घण्टा अगाडी हाम्रा अभियान का सयोजक दुर्गा प्रसाईंले ज्यु ले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ, हिजो मात्र हामीले भिडियो मार्फत हाम्रो ज्यान को सुरक्षा को ग्यारेन्टि भए २४ घण्टा भित्र उपस्थित हुन्छौँ, भनेका थियौँ र आज उपस्थित भयौँ ! जय देश जय रास्ट्रवाद !!'

Ncell
Extreme Energy

यता प्रहरीले त्यसबारे पुष्टि गरेको छैन । नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले पक्राउको कुनै जानकारी नआएको बताए । 

त्यस्तै आसाम प्रहरीले नेपालको कुनै पनि व्यक्ति पक्राउको जानकारी नआएको जनाएको छ । आसाम प्रहरीका प्रवक्ताले सिधाकुरासँग दुर्गा प्रसाईंको खबर आफूहरुको जानकारी नआएको बताइन् । 

चैत १५ गते तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनपछि फरार भएका प्रसाईँले प्रहरीलाई चक्मा दिदै आएका थिए । उनले बुधबार एउटा भिडियाे सार्वजनिक गर्दै कानुन व्यवसायी र मानव अधिकारकर्मीलाई साथमा राखे आफूले ३६ घण्टाभित्र गिरफ्तारी दिने बताएका थिए । त्यसअघि पनि उनले आफू काठमाडौँमै रहेको भन्दै एक मन्दिर अगाडि बसेर भिडियो सार्वजनिक गरेका थिए । 

नेपाल प्रहरीले तीनकुनेको हिंसात्मक प्रदर्शनको मुख्य जिम्मेवार प्रसाईं नै भएको ठहर गरेको छ । उनले आफैँले चलाएको गाडी प्रहरीमाथि चढाउन खोजेर भिडलाई उक्साएको आरोप छ । सोही दिनदेखि बेपत्ता भएका प्रसाईंलाई प्रहरीले फेला पार्न सकेको थिएन । 

उक्त दिन तीनकुनेमा प्रदर्शनमा १ जना पत्रकारसहित २ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दर्जनौ ठाउँमा तोडफोडदेखि आगजनी भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

देउवाको अपिल– एकपक्षीय महाधिवेशनमा सहभागी नहुनुस् (पूर्णपाठसहित)

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले असोज ३ गते सुरु हुने १५औँ महाधिवेशन प्रक्रियामा सहभागी नहुन सार्वजनिक अपिल गरेका छन् ।
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने, सम्बन्धित सबै निकायलाइ मन्त्रालयको परिपत्र

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह...
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...