नेभिगेशन
समाज

झापा ल्याइसकेपछि प्रहरीले स्विकार्यो दुर्गा प्रसाईँको पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुर्गा प्रसाईँ ‘औपचारिक’ रुपमा प्रकाउ परेको बताएको छ । नेपाल प्रहरी प्रमुखको सचिवालयले प्रसाईँ र उनका अंगरक्षकलाई पक्राउ गरेको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी महानिरीक्षकको सचिवालयलको पत्रमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता दिनेश कुमार आचार्यले प्रसाईँ र उनका अगंरक्षक दिपक खड्कालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिइएको बताएका छन् । त्यस्तै उनले प्रहरीले दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरिएको समेत बताएका छन् ।

Ncell
Extreme Energy

नेपाल प्रहरीले शुक्रबार मध्यान्ह मात्रै प्रसाईँको पक्राउबारे पुष्टि गरेपनि उनी बिहिबारदेखि नै प्रहरीको नियन्त्रणमा थिए । उनलाई नेपाल प्रहरीको विशेष ब्यूरो र भारतको आसाम प्रहरीले बिहिबार आसामबाटै पक्राउ गरेका थिए ।

प्रसाईँ प्रकाउबारे सञ्चारमाध्यममा समाचार आएपछि प्रहरी केन्द्रीय प्रवक्ता आयार्चले बिहिबार राति प्रसाईँ पक्राउ नगरिएको भन्दै विज्ञप्ती सार्वजनिक गरेका थिए । उनी भारतकै भुमिमा रहेका कारण भारतसँग सपुर्दगी सन्धी नभएका कारणले प्रहरीले उनको पक्राउ पुष्टि गरेको थिए । प्रसाईँलाई झापाको काँकडभिट्टा हुँदै नेपाल ल्याइएको हो । उनलाई बुद्ध एअरको विमानमार्फत काठमाडौँ ल्याइँदै छ ।

प्रसाई चैत १५ गतेको तीनुकने घटनापछि फरार थिए । यसबिचमा उनले दुई वटा भिडियो सार्वजनिक गर्दै आफू नेपालमा रहेको दाबी गरेपनि उनले भिडियो अपलोड गरेको आइपी टर्याक गर्दा भारतको आसाम देखिएपछि नेपाल प्रहरीको विशेष टोली भारत पुगेको थियो ।

भारतीय सुरक्षा अधिकारीहरुसँगको समन्वयमा उनी बसेको ठाउँ एकिन भएको प्रहरी स्रोत बताउँछ । पहिलो भिडियो रेकर्ड गरेकै घरमा भेटिएका प्रसाईलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालको सीमासम्म ल्याइएको जनाइएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

पछिल्ला केही वर्षयता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई उठाइरहेको छ । मुद्दा उठाइरहेको छ तर, सुनुवाइ भइरहेको छैन । अब शक्ति राष्ट्रहरुले सुनेका छैनन् भनेर चुप लाग्ने...
राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।
संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।