नेभिगेशन
समाज

ऐंसेलु खाने हो ? (तस्विरहरु)

कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको पाउँदुर घुम्ती क्षेत्रमा आजभोलि ऐंसेलु बेच्ने स्थानीयहरुको बाक्लै भीड लाग्ने गर्छ । पाखा, डाँडा र खर्कहरुमा फल्ने ऐंसेलु अहिले सो क्षेत्रका स्थानीयको आम्दानीको स्रोत समेत बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पोखरा–बाग्लुङ सडकखण्डमा यात्रा गर्ने प्राय हरेक यात्रुले यहाँको ऐंसेलु किन्ने गर्छन् । प्रति सोली (पातबाट बनाइएको सोली) १०० रुपैयाँमा बिक्री हुने ऐंसेलु टिप्न बिहानभरी हिँड्नुपर्ने स्थानीय ऐंसेलु व्यापारी रशिका बिश्वकर्माले बताइन् । ‘बिहानै अधेरीखोला तिर जानुपर्छ, टिप्नको लागि पनि गाह्रो नै छ, काँडाले घोच्छ ।’, उनले भनिन् । 

Ncell
Extreme Energy

त्यस्तै ऐंसेलु बेचेरै प्रतिदिन २ हजारसम्म कमाई हुने स्थानीय अस्मी बिश्वकर्माले बताइन् । तर ऐंसेलु चैतदेखि जेठभित्र मात्र फल्ने हुँदा अन्य समय खेतीकिसानी गर्ने गरेको उनले सुनाइन् । 

गाउँमा धेरै मात्रामा ऐंसेलु फल्ने भएपनि त्यसको सही उपयोग हुन नसकेको स्थानीय बताउँछन् । ‘पूर्वका केही जिल्लामा ‘वाइन’ बनाउन र जुस बनाउनको लागि ऐंसेलुको उपयोग गरी राम्रो आम्दानी गरेको भएपनि हाम्रोमा त्यसो हुन सकेको छैन ।’ स्थानीयको गुनासो छ । 

Aiselu_4-1744358270.jpg

Aiselu_5-1744358270.jpg

Aiselu_6-1744358271.jpg

Aiselu_7-1744358271.jpg

Aiselu_8-1744358271.jpg

Aiselu_1-1744358270.jpg

Aiselu-1744358270.jpg

Aiselu_2-1744358270.jpg

Aiselu_3-1744358270.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता

बिहीवार अपराह्न ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो ।
संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

संसारकै कान्छा प्रधानमन्त्री बालेनले कसरी तान्लान् विश्वको ध्यान ?

पछिल्ला केही वर्षयता, अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालले जलवायु परिवर्तनको मुद्दालाई उठाइरहेको छ । मुद्दा उठाइरहेको छ तर, सुनुवाइ भइरहेको छैन । अब शक्ति राष्ट्रहरुले सुनेका छैनन् भनेर चुप लाग्ने...
राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबीच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्।
संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीनवटा सुझाव प्रस्तुत गरेका छन्।