नेभिगेशन
समाज

तीनकुने घटनाबारे गृहमन्त्रीकाे प्रश्न, 'मान्छेका घर बालेर, जिउँदै मान्छे घरभित्र पोलेर पुण्य भयो ?'

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामाथि प्रश्न उठाएका छन् । शुक्रबार कानून समितिको बैठकमा उक्त घटनाबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले जिउँदै मान्छे घरभित्र पोलेर पुण्य नहुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा १८ पुराणको शार सुनाउँदै उनले अरुलाई दुखः दिएर र पीडा दिएर हिन्दु धर्म नजोड्न आग्रह गरे । उनले आफू हिन्दु धर्मप्रति विश्वास भएको व्यक्ति भएको तर पछिल्लो समय हिन्दु धर्मलाई जोडेर अधार्मिक काम भइरहेको बताए । 

Ncell
Extreme Energy

 ‘म व्यक्तिगतरूपमा पनि हिन्दू धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दू धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्वविधा छैन । तर, हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रुपमा प्रयोग नगरौं ।’, गृहमन्त्री लेखकले भने, ‘मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दू राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौँ ।’

त्यस्तै उनले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा चित्रण गरेका छन् । लोकतन्त्रमा व्यवस्थाविरुद्ध पनि छलफल र बहस गर्न पाउने भएकाले उनले लोकतन्त्रजस्तो अर्को उत्तम व्यवस्था नभएको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?

ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ...
कुटनीतिक माध्यमबाट जर्मनीसँग आर्थिक सम्बन्ध विस्तार गर्ने प्रस्तावित राजदूत सरु जोशीको योजना

कुटनीतिक माध्यमबाट जर्मनीसँग आर्थिक सम्बन्ध विस्तार गर्ने प्रस्तावित राजदूत सरु जोशीको योजना

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले  भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...

भर्खरै