नेभिगेशन
समाज

तीनकुने घटनाबारे गृहमन्त्रीकाे प्रश्न, 'मान्छेका घर बालेर, जिउँदै मान्छे घरभित्र पोलेर पुण्य भयो ?'

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामाथि प्रश्न उठाएका छन् । शुक्रबार कानून समितिको बैठकमा उक्त घटनाबारे जानकारी गराउँदै गृहमन्त्री लेखकले जिउँदै मान्छे घरभित्र पोलेर पुण्य नहुने बताएका हुन् । 

बैठकमा १८ पुराणको शार सुनाउँदै उनले अरुलाई दुखः दिएर र पीडा दिएर हिन्दु धर्म नजोड्न आग्रह गरे । उनले आफू हिन्दु धर्मप्रति विश्वास भएको व्यक्ति भएको तर पछिल्लो समय हिन्दु धर्मलाई जोडेर अधार्मिक काम भइरहेको बताए । 

CG

 ‘म व्यक्तिगतरूपमा पनि हिन्दू धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दू धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्वविधा छैन । तर, हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रुपमा प्रयोग नगरौं ।’, गृहमन्त्री लेखकले भने, ‘मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दू राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौँ ।’

त्यस्तै उनले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा चित्रण गरेका छन् । लोकतन्त्रमा व्यवस्थाविरुद्ध पनि छलफल र बहस गर्न पाउने भएकाले उनले लोकतन्त्रजस्तो अर्को उत्तम व्यवस्था नभएको समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

रवि बालेन एकै ठाउँमाः रवि नेतृत्वमा रास्वपा, बालेन रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवार

सहमतिअनुसार बालेन रास्वपाको नीति, नेतृत्व र संगठनमा एकीकृत भएका छन् । जसअनुसार रास्वापको नाम, झण्डा र निर्वाचन चिन्ह घण्टी बालेनले स्वीकार गरेका छन् । अब बालेन आगामी फागुन...
इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

इराकको आधिकारिक भिसा प्राप्त नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदीश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा  नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णयसमेत गरिएको जनाकारी दिए ।
नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दे नवनियुक्त मन्त्री शर्माले कार्यदेश आएपछि मन्त्रालयको कामलाइ अगाडि बढाइने बताए...

भर्खरै