नेभिगेशन
मुख्य समाचार

'हामी नेपालमा राजाका पक्षमा छैनौँ भनेर आदित्यनाथले दूतावासमा भनेका होइनरहेछन्,म झुक्किए छु': देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा नरहेको दुतावासमा गएर नभनेको बताएका छन् । 

यसअघि आफूले गलत सूचनाका कारण मुख्यमन्त्री योगीले दिल्लीस्थित नेपाली दूतावासमै आएर बताएको भनी गल्ती बोल्न पुगेको भन्दै अभिव्यक्ति सच्याएका हुन्। 

CG

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा नभई दिल्लीका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको भेटमा बताएको पाइएको जानकारी गराएका हुन्।   

उनले भने, ‘अस्ति मैले बोल्दा गलत सूचनाका आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। त्यसमा भन्न चाहन्छु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’, ।‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो म खण्डन गर्न चाहन्छु’देउवाले भने ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

गगन समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय मान्य छैनः देउवा समूह

उनले आयोगको निर्णय सेटिङमा भएको आरोप लगाउदै वैधानिक, राजनीतिक र कानुनी सबै लडाइँ लड्ने उल्लेख गरे । खड्काले आयोगको निर्णय स्थापित नजिरको विरुद्धमा रहेको बताए ।
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।