नेभिगेशन
समाज

'हामी नेपालमा राजाका पक्षमा छैनौँ भनेर आदित्यनाथले दूतावासमा भनेका होइनरहेछन्,म झुक्किए छु': देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफू नेपालमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा नरहेको दुतावासमा गएर नभनेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि आफूले गलत सूचनाका कारण मुख्यमन्त्री योगीले दिल्लीस्थित नेपाली दूतावासमै आएर बताएको भनी गल्ती बोल्न पुगेको भन्दै अभिव्यक्ति सच्याएका हुन्। 

Ncell
Extreme Energy

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा नभई दिल्लीका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको भेटमा बताएको पाइएको जानकारी गराएका हुन्।   

उनले भने, ‘अस्ति मैले बोल्दा गलत सूचनाका आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु। त्यसमा भन्न चाहन्छु, उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो’, ।‘हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दूतावासमा आउनुभएको होइन। यो म खण्डन गर्न चाहन्छु’देउवाले भने ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

खगेन्द्र सुनारका विषयमा संसदीय छानविन हुनुपर्छः एमाले

सम्बन्धित व्यक्ति दोषी ठहरिएमा कानुन अनुसार कडाभन्दा कडा कारबाही गरिनुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक व्यक्तित्वहरू निश्चित मर्यादा, आचरण र जवाफदेहिताभित्र रहेर एक सेवकको रूपमा प्रस्तुत हुनुपर्नेमा...
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...