नेभिगेशन
समाज

विपद्को एक वर्षः आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु

काठमाडौँ । गएको एक वर्षमा विपद्जन्य घटनामा ७४५ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा आठ हजार ८६१ वटा विपद्का घटना घटेको र ती घटनामा परी ७४५ जनाको मृत्यु भएको हो । 

ती घटनामा परी ६९ जना बेपत्ता भएका र एक हजार ७०२ जना घाइते भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार एक वर्षमा विपद्बाट १८ हजार ९९१ घरपरिवार प्रभावित हुन पुगेका छन् । कुल रु तीन अर्ब १३ करोड बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ । 

CG

कुन घटनामा कति मानवीय क्षति ?

सबैभन्दा बढी पहिरोका कारण ३५१ जनाको ज्यान गएको छ । त्यसपछि बाढीबाट ९७, चट्याङबाट ७८ र आलागीबाट ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । भारी वर्षाका कारण आठ, जनावरको आक्रमणबाट ४३, लेक लागेर २४, हवाई दुर्घटनामा २३, सर्पदंशबाट १९ जनाको मृत्यु भएको छ । 

त्यसैगरी, डढेलोबाट १०, हुरीबतासका कारण सात, डुङ्गा पल्टेर एक र अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ । पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । 

सबैभन्दा बढी आगलागीका घटना

विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन् । विसं २०८१ वैशाख १ देखि चैत २९ गतेसम्मको तथ्याङ्कानुसार आगलागीका मात्र चार हजार १४५ वटा घटना भएका छन् । त्यसपछि डढेलोका एक हजार १९५ वटा र पहिरोका एक हजार पाँच घटना भएको छ । 

त्यस्तै बाढी ४१८, भारीका वर्षाका ५६८, चट्याङका ४१८, जनावर आक्रमणका ४७७, लेक लागेका १११ वटा घटना भएका छन् । हवाई दुर्घटनाका दुई, सर्पदंशका ८४, हावाहुरीका ३४९, डुङ्गा पल्टेका एक, हिउँ पहिरोका छ, भूकम्पका ७४, असिनापानी एक र अन्य सातवटा विपद्जन्य घटना भएको प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपा प्रवेश गर्दै अमरेशकुमार सिंह

‘यही माघ ५ गते जगत जननी माता सिताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टी को कार्यक्रमबाट आफ्नो नयाँ राजनितिक अध्यायको सुरुवात गर्दैछु,’ उनले भने, ‘देश र मधेशमा रहेको...
गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

गगनलाई रुख र चारतारे झण्डा दिन आयोगले लिएका तीन आधार के के हुन् ?

पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको उल्लेख गरेको छ ।
निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र  झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

निर्वाचन आयोगले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारीकता, रुख र झण्डा अब विशेष महाधिवेशनपक्षधरलाई

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
राजनीतिक दलका सम्बन्धमा चुनावी आचारसंहिता जारी

राजनीतिक दलका सम्बन्धमा चुनावी आचारसंहिता जारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका सम्बन्धमा शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उनले प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै महिनौ अघि मस्यौदा तर्जुमा गरी राजनीतिक दल, संवैधानिक...