नेभिगेशन
समाज

वीरगंजमा आइतबार राति १२ बजेसम्मको लागि लम्बियो कर्फ्यु

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको छपकैयामा लगाएको कर्फ्यु लम्बाएको छ । शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि लगाएको कर्फ्यु १२ घण्टा लम्बाएर राति १२ बजेसम्म पुर्याएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा झडप हुँदा अवस्था असामान्य बनेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । प्रशासनले कर्फ्यु लगाउँदा समेत अवस्था सामान्य नभएको भन्दै प्रशासनले कर्फ्यु लम्बाएको हो । 

Ncell
Extreme Energy

वीरगञ्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक र दक्षिणमा शंकराचार्य गेटलाई चार किल्ला मानेर कर्फ्यु लगाइएको छ । 

पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेको भन्दै युवाहरु तोडफोडमा उत्रिएका थिए । अवस्था नियन्त्रण लिन खोज्दा प्रहरीसँगै झडप भएपछि प्रहरीले लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो । 

स्थानीय बासिन्दा र प्रत्यक्षदर्शीका अनुसार, धार्मिक जुलुस निस्कँदै गर्दा केही व्यक्तिहरूले ढुङगामुढा गरेपछि स्थिति बिग्रिएको हो । त्यसपछि दुई पक्षबीच चर्काचर्की र झडप सुरु भएको थियो । झडपका क्रममा ढुंगामुढा भएको थियो भने केही व्यक्तिहरूले पसलहरूमा तोडफोड गरेका छन् ।

झडपका क्रममा छपकैया क्षेत्रमा रहेका केही सटर र घरहरूमा क्षति पुगेको छ भने केही मोटरसाइकलमा आगजनीसमेत भएको प्रहरीले जनाएको छ । 

birgunj-ma-karfyu-1744526301.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।