नेभिगेशन
समाज

परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैनः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार बन्ने दिशातर्फ देश अघि बढ्ने बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार चितवनमा भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अहिले नयाँ घटनाक्रम विकसित भएकाले देश नयाँ सरकार बन्ने दिशातर्फ अघि बढ्ने  बताएका हुन् । उनले अहिलेको नयाँ अनुभवका आधारमा आफुले ठूलो दल काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।

Ncell
Extreme Energy

उनेल चौतर्फी रुपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ बर्षले केहि न केहि निकास लिएर आउने उल्लेख गरे । 

उनले भने, ‘सरकारति हाम्रो चाहीँ त्यती ध्यान छैन । तर परिस्थिति यस्तो बन्दै छ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिरहेको छ । त्यसकारण कुनै पनि संभावना हुनसक्छ । तपाईँहरुले देखिराख्नुभएकै छ, चौतर्फी असनतुष्टी, आक्रोस, आवेग जनतामा बढेको छ । सिक्षकहरु आन्दोलनमा छन् । सबैको समस्या समाधान हुनुपर्छ भन्ने छ । तर सरकारको ध्यान त्यसप्रति संवेदनशिल देखिएको छैन । डाक्टरहरु आन्दोलनमा, नर्सहरु आन्दोलनमा, लघुवित्त पीडिट, सहकारी पीडित, सबै राजनीतिक दलहरु पनि झण्डै झण्डै सडकमै छन् । सरकारमा भएकापनि अहित सडकमा आउन थाल्या छन् भनेपछि परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । नयाँ वर्षले केही न केही निकास लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

त्यस्तै प्रचण्डले २०८१ साल समग्रमा धेरै उत्साह र धेरै निराशा नभएको बताए । उनले राम्रा काम गर्न, राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने नयाँ संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुनचाँदीको मूल्य क्रमशः घट्दै

सुनचाँदीको मूल्य क्रमशः घट्दै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजार २०० र चाँदीको मूल्य रु चार हजार ३५५ कायम भएको छ ।
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।