नेभिगेशन
समाज

तीनकुनेको घरमा आगो लगाउने 'राजावादी युवा', जसले खोपेका छन् छातीमा पूर्वराजाको ट्याटु

काठमाडौँ । चैत १५ गते, काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलन चर्किइरहेको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजसंस्था पक्षधर र प्रहरीबिच मुठभेडको अवस्था सिर्जना भइसकेको थियो । सोही समयमा बागमती पुलबाट गैह्रीगाउँतर्फ जाने सडकको छेउमा रहेको घरमा आगो सल्किन्छ । 

Ncell
Extreme Energy

प्रदर्शनका क्रममा उक्त नीजि घरमा आगो झोस्ने व्यक्ति ‘राजावादी युवा’ नै भएको खुलेको छ । छातीमा राजाको ट्याटु हानेका एक युवकले नै सो घरमा आगो झोसेपछि उक्त घर आगजनी भएको भिडियो सार्वजनिक भएको छ ।

सो भिडियोमा राजावादी प्रदर्शनमा उग्र बनेका ‘आन्दोलनकारीहरु’ घरभित्र पसेर तोडफोड, लुटपाटदेखि आगजनी समेत गरेको देखिन्छ । आगो झोस्दै ती युवा भन्छन्, ‘बल्यो बल्यो, हामी रोकिनेवाला छैनौँ । दम भए छेकेर देखाउ । अब हेर्छौ, हाम्रो टेलर के हो ।’

यसरी आगो झोस्ने युवकले पूर्वराजा ज्ञानेन्द्र शाह र रानीको तस्विर प्रिन्ट गरेको टिसर्ट लगाएका छन् । उनीसहित अर्का एक जनाले आगो लगाउन सुरु गरेका थिए । अन्य राजावादी युवाहरुले भने कोहीले आगो लगाएको भिडियो खिच्दै थिए त कोही अब जाउँ जाउँ भनिरहेका थिए । त्यस्तै कोहीले भित्र तोडफोड मच्याइरहेको देखिन्छ । 

त्यहाँ आगो झोसेपछि उनीहरु त्यहाँबाट भाग्छन् । 

उनीहरुले झोसेको आगोले केहि बेरमै सो घर सखाप हुन्छ । उनीहरुले तल आगो झोसिरहँदा त्यही घरको माथिल्लो तलामा उनीहरुले मच्याएको लुटपाट र तोडफोड कैद गरिरहेका पत्रकार सुरेश रजक जलेर खरानी भएको अवस्थामा भेटिन्छन् । 

यस्तो छ सुरुमा आगो झोस्ने युवकको विवरणः
घरमा आगो झोस्न सुरु गरेका दुवैजना राजावादी संगठनका सदस्य रहेको खुलेको छ । राजारानीको तस्विर अंकित टिसर्ट लगाएर ‘दम भए छेकेर देखाउ’ भन्दै आगो झोस्ने ती युवक २२ वर्षीय तारा राजावादी भनिने सरोज गौतम हुन् । 

saroj-gautam-thumb-1744549477.jpg
 

रामेछाप सुनापानी गाउँपालिका–१ का उनी राजावादी संगठनको युवादस्ता एनिटाइम फोर्स (एटीएफ)का प्रवक्ता तथा जनसम्पर्क विभाग प्रमुख समेत रहेका छन् । 

उनले टिसर्टमा मात्रै होइन, आफ्नो छातीमा समेत पूर्वराजा ज्ञानेन्द्र शाहको ट्याटुनै हानेका छन् । 

त्यस्तै उनीसँगै आगो झोसिरहेका अर्का व्यक्ति अछाम पन्चदेवल नगरपालिका–५ का अनुपविक्रम शाही ठकुरी राजावादी भनिने गोकर्ण साही रहेको प्रहरीले जनाएको छ । उनी पनि एटीएफका सदस्य रहेका छन् । 

gokarna-shahi-1744549494.jpg
अपराध अनुसन्धान महाशाखाका एसपी अंगुर जिसीका अनुसार उनीहरु दुवैजनालाई महाशाखाले चैत १९ गते नै नरेफाँटबाट पक्राउ गरिएको छ । 

अहिले उनीहरु माथि अपराधीक उपद्रो र सांगठनिक अपराधको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 

आगो झोसेको भिडियो नै बाहिरिएपछि उनीहरु माथ आगजनी, कर्तव्य ज्यानसम्मका कसुरमा अनुसन्धान हुनसक्ने प्रहरीले जनाएको छ ।

सोहि घरमा आगजनी भएपछि निस्किएकी ऐनि कुँवर लगायतका व्यक्तिहरु यसअघिनै पक्राउ परिसकेका छन् । 

चैत १५ गते राजसंस्था पुर्नस्थापनका लागि भन्दै दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले गरेको प्रर्दशन अराजक भएको थियो । राजावादी प्रर्दशनका नाममा अराजकता मच्याएको भन्दै आन्दोलनका कमाण्डर भनिएका दुर्गा प्रसाईलाई पनि पक्राउ गरि अनुसन्धान थालिएको छ ।  

उनलाई शुक्रबार भारतको आसामाबाट पक्राउ गरि शनिबार नेपाल ल्याइएको थियो ।

प्रसाईँको परिवारले आत्मसमर्पण गरेको दाबी गरेका थिए भने प्रहरीले पनि नेपाल ल्याएपछि मात्रै औपचारिकरुपमा पक्राउ परेको जनाएको थियो । 

यहि प्रर्दशनका कारण राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र तथा महामन्त्री धवल समसेर राणना पनि पक्राउ परेका छन् । 

यो प्रदर्शनमा पूर्व राजाको प्रत्यक्ष संलग्नता रहेको राजनीतिक दलहरुले दाबी गर्दै आएका छन् । 

तर यसका आयोजक समेत रहेका नवराज सुवेदीको समितिले भने प्रदर्शनमा राजाको चासो कतैबाट नभएको दाबी गर्दै आएका थिए । 

त्यस्तै घटना भएको १५ दिन पछि भने पूर्व राजा ज्ञानेन्द्र शाहले १३ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । त्यसमा तीनकुने घटना भएको सुनेकोमा आफू दुखी भएको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै