नेभिगेशन
समाज

वीरगंज झडपः दिनभरको वार्तापछि ५ बुँदे सर्वपक्षीय सहमती

वीरगंज । वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा भएको झडपबारे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएका हो । 

यस्ता छन् ५ बुँदे सहमतिः 
१. उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन÷अनुसन्धान गरी कानुनी कारबाही गर्ने

CG

२. अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्‍न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने ।

३. उक्त घटनामा घाइते भएका व्‍यक्तिहरूको निसशुल्क उपचारको व्‍यवस्था गर्ने । घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने ।

४. धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने 

५. पर्सा जिल्लामा संचालित सबै धार्मिक संघसंस्था तथा तत्तत् संस्थाबाट संचालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरि अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने ।

शनिबार वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा झडप हुँदा अवस्था असामान्य बनेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । 

शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि लगाएको कर्फ्यु १२ घण्टा लम्बाएर राति १२ बजेसम्म पुर्याएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जमलमा कांग्रेसका २ पक्ष आमन–सामने, कान्तिपथ ठप्प पारेर धर्ना र नाराबाजी

जमलमा कांग्रेसका २ पक्ष आमन–सामने, कान्तिपथ ठप्प पारेर धर्ना र नाराबाजी

दुवै पक्षका नेताहरुले आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई भेटेर आफ्ना कुरा राखेका थिए । आयोग बाहिर भने दुवै पक्षका कार्यकर्ताहरु नाराबाजीमा उत्रिएका छन् । कान्तिपथको अवस्था...
निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र...
एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

एसबिआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

पुस २९ गते सँझ उनीहरुले बैकको गार्ड रुद्रबहादुर कार्की तथा उक्त बैंकमा रहेका कर्मचारीसमेतलाई नियन्त्रणमा लिएर लुटपाट गरेका थिए । बैंकका सुरक्षा गार्डलाई खुकुरीसमेत प्रहार गरी सामान्य घाइते...
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हुने मतदान केन्द्र निर्धारण, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन लगायत सम्पूर्ण प्रशासनिक तथा कानुनी...