नेभिगेशन
समाज

वीरगंज झडपः दिनभरको वार्तापछि ५ बुँदे सर्वपक्षीय सहमती

वीरगंज । वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा भएको झडपबारे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले पाँच बुँदे सहमति भएका हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्ता छन् ५ बुँदे सहमतिः 
१. उक्त घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन÷अनुसन्धान गरी कानुनी कारबाही गर्ने

Ncell
Extreme Energy

२. अन्तरधार्मिक/साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्‍न सबै पक्ष पूर्ण प्रतिवद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने ।

३. उक्त घटनामा घाइते भएका व्‍यक्तिहरूको निसशुल्क उपचारको व्‍यवस्था गर्ने । घटनाबाट भएको क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने ।

४. धार्मिक, सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व कार्यक्रममा हातहतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने 

५. पर्सा जिल्लामा संचालित सबै धार्मिक संघसंस्था तथा तत्तत् संस्थाबाट संचालित विद्यालय/मदरसा इत्यादीको सुक्ष्म अनुगमन गरि अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने ।

शनिबार वीरगंजमा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा झडप हुँदा अवस्था असामान्य बनेको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको थियो । 

शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिनको १२ बजेसम्मका लागि लगाएको कर्फ्यु १२ घण्टा लम्बाएर राति १२ बजेसम्म पुर्याएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै