नेभिगेशन
समाज

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बाँके । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।  किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पु¥याएको डुडुवा गाउँपालिका–५ कम्दीका  किसान सूर्यलाल यादवले बताउनुभयो । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पु¥याएको उल्लेख गर्दै यादवले भने,“यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पु¥यायो ।”  नेपालगञ्ज–१७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पु¥याएको बताए । उनले भने, “काटेको गहुँ भिजाएर काम नलाग्ने भएको छ, नकाटेको धान पानी असिना पानी र हुरीले ढलाएर काम नलाग्ने बनाएको छ ।”

Ncell
Extreme Energy

गहुँ पाकेर स्याहार्ने सुरसारमा रहेका यहाँका किसानलाई असिना पानी र हुरीले चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठले बेमौसमी वर्षाले काटेको गहुँमा क्षति पु¥याएको बताए । 

“अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको गहुलाई क्षति पु¥याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ”, उनले भने, “बाँकेमा गहुँ पाकेर भित्र्याउने बेला क्षति पुगेको छ ।” उनले जिल्लाभरमा के कति क्षति पुगेकोबारे आफूहरुले अनुगमन गरिरहेको र आठवटै पालिकामा रहेका कृषि शाखालाई विवरण सङ्कलन गरेर कृषि ज्ञान केन्द्रमा पठाउन आग्रह गरिएको जानकारी दिए । बाँकेमा गत बुधबार अपरान्हदेखि रातभर हुरी र वर्षाले गहुँबालीमा क्षति पु¥याएकोमा आइतबार साँझ परेको वर्षाले किसानलाई गहुँबाली भित्र्याउनमा पनि समस्या भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ । 

नेपाल किसान महासङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले नयाँवर्षको पूर्व सन्ध्यामा आएको बेमौसमी वर्षा र हुरीले किसानलाई दुःखी बनाएको बताए । उनले वर्षाले पाकेको गहुँबाली, मसुरो र अरहर खेतीमासमेत क्षति पु¥याएको उल्लेख गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...
हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

हलगोरु पाल्ने ४६ किसानलाई जनही सात हजार अनुदान

गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं १ का ४६ जना हलगोरु पालक कृषकलाई जनही रु सात हजारका दरले अनुदान वितरण गरिएको हो ।
घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

घटस्थापनायता २ लाख ६२ हजार मानिस काठमाडौँबाट बाहिरिए

दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका बसपार्क र प्रमुख नाकामा यात्रु चाप बढेको हो...
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...