नेभिगेशन
मुख्य समाचार

पूर्वप्रेमीको ‘फेक आइडी’बनाएर चरित्र हत्या गरिन्, मलेशियाबाट फर्कीदाँ विमानस्थलमै पक्राउ परिन्

काठमाडौँ । पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो । 

CG

 वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए । पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

 पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय  कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो । त्यसलगत्तै बिन्दु फरार भएकी थिइन् । 

उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो । वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ : उदयपुरमा निर्वाचन अधिकृतका दुई कार्यालय स्थापना

मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएसँगै निर्वाचन क्षेत्र नं. १ अन्तर्गत हुने मतदान केन्द्र निर्धारण, मतदाता नामावली व्यवस्थापन, निर्वाचन सामग्री व्यवस्थापन, कर्मचारी परिचालन लगायत सम्पूर्ण प्रशासनिक तथा कानुनी...
विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह

उनले कांग्रेसका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आफूहरू आयोगमा आएको भन्दै विशेष महाधिवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...
काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौँ महानगर प्रहरीका प्रमुख पाण्डेले दिए राजीनामा

उनी काठमाडौँमा फागुन २१ को प्रतिनिभिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् ।