नेभिगेशन
समाज

पूर्वप्रेमीको ‘फेक आइडी’बनाएर चरित्र हत्या गरिन्, मलेशियाबाट फर्कीदाँ विमानस्थलमै पक्राउ परिन्

काठमाडौँ । पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाईसमेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो । 

Ncell
Extreme Energy

 वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए । पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो । 

 पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय  कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो । त्यसलगत्तै बिन्दु फरार भएकी थिइन् । 

उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो । वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

बुढीगण्डकी बाढीले अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालन गर्ने कार्य तीव्र, धार्चेबाहेक सबै ठाउँमा विजुली बल्यो

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाका कार्यलाई...
खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

खगेन्द्र सुनारको अडियोलाई रास्वपाले भन्यो 'अत्यन्त गम्भीर र संवेदनशील', अविलम्ब अनुसन्धान गर्न प्रहरीलाई अनुरोध

राष्ट्रिय स्वतन्त्र पार्टीले बाँके ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य  खगेन्द्र सुनारको अडियो प्रकरणमा छानबिन गर्न राज्यका निकायलाई अनुरोध गरेको छ ।
सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

सांसद खगेन्द्र सुनारलाई रास्वपाले गर्‍यो 'निलम्बन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद खगेन्द्र सुनारलाई निलम्बन गरेको छ ।
ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

ब्रेकिङ ब्याडका अभिनेता आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन, शोकमा डुब्यो हलिउड

बहुचर्चित हलिउड ड्रामा सिरिज 'ब्रेकिङ ब्याड'मा वाल्टर ह्वाइट जुनियरको भूमिकाबाट घर-घरमा परिचित अमेरिकी अभिनेता तथा अपाङ्गता अधिकारका मुखर समर्थक आरजे मिट्टेको ३४ वर्षको उमेरमा निधन भएको छ।

भर्खरै